प्रधानमन्त्री द्धारा नगदसहित रामेछापका परियार सम्मानित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा रामेछापको सुनापती गाउँपालिका–४ बेथानका विक्रम पवन परियारलाई नगद सहित सम्मान गरेको छ । राष्ट्रिय खुल्ला कविता प्रतियोगीता प्रथम भएका परियार लाई पचास हजार नगद पुरस्कार सहित सम्मान गरेको हो । परियारले लेखेको ‘फर्क अब आफ्नै देश’ शीर्षको कविता राष्ट्रव्यापी कविता र निबन्ध प्रतियोगितामा उत्कृष्ट भएको थियो । देशभरबाट छनौटको लागि परेका कविता मध्ये परियारको कविता प्रथम हुन सफल भएका थिए । परियारलाई सो अवसरमा प्रधानान्त्री ओलीले नगद पचास हजार र सम्मानपत्रसहित सम्मान गरेका थिए ।
निबन्धतर्फ गणेशप्रसाद भट्टराई प्रथम, रेजिना आपगाई दोस्रो र प्रेमराज सिलवाल तेस्रो तथा कवितातर्फ विक्रमपवन परियार प्रथम, गोविन्दगोपाल खतिवडा दोस्रो र तेज राई तेस्रो भएका थिए । उनीहरुलाई क्रमशः ५० हजार, ४० हजार ३० हजार प्रदान गरिएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानलाई देशभरबाट १७३ कविता तथा ७३ निबन्ध प्राप्त भएका थिए । सो अवसरमा विभिन्न भेशभूषा र संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।