रामेछाप । नेपाली काँग्रेसका भातृ संस्था नेपाल विद्यार्थी संघ रामेछापको आयोजनामा ‘प्रथम नेविसंघ कप’ भलिबल प्रतियोगिता मन्थलीमा हुने भएको छ । बागमती प्रदेश स्तरिय भलिबल प्रतियोगितामा १३ जिल्लाको खेलाडी सहभागीहुने नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष बिनोद बुढाथोकीले बताए । ‘प्रथम नेविसंघ कप’ खुल्ला भलिबल प्रतियोगिता बागमती प्रदेशका अर्थ मन्त्री बाहादुर सिंह लामा रामेछाप अइसकेको पनी अध्यक्ष बुढाथेकीले जानकारी दिए ।
बागमती प्रदेशका १३ जिल्लाको सहभागिता रहने उक्त भलिबल प्रतियोगिता जिल्ला समन्वय समिति पछाडिको खेल मैदानमा हुँदै छ । खेलमा प्रथम हुने टिमले नगद २ लाख, दोस्रो हुनेले १ लाख ५० हजार, तेस्रो हुनेले १ लाख र सान्त्वना हुनेले नगद ५० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र पाउने छन् ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...