प्रचारप्रसारको अभावमा सानो शैलुङ्ग ओझेलमा

Written by meropradesh creator

२७ कार्तिक २०७८, शनिबार

रामेछाप । दोरम्बा गाउँपालिका–४ गौश्वारमा रहेको जिल्लाकै ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थल सानो शैलुङ्ग प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

रामेछापकोे गौश्वारामा रहेको सानो शैलुङ्ग महादेव स्थान रामेछाप जिल्लाकै एक ऐतिहासिक धार्मिक एवं पर्यटकीय रुपमा मानिन्छ । ठूलो पहाडको बीचमा सुरुङभित्र रहेको महादेव स्थानमा शिव, गणेश लगायतका देवताहरुको प्राकृतिक रुपमा निर्मित मूर्ति तथा आकारहरु रहेका छन् । महादेव स्थलमा करिब ६ फिट अग्लो प्रकृति निर्मित शिवको मूर्ति छ ।

सानो शैलुङ्ग महादेव स्थानमा रहेको मूर्तिहरु तथा शिव लिङ्ग पनि प्राकृतिक रुपमै निर्मित छन् । महादेव स्थानमा कृतिम मूर्ति राखएको छैन । शिव मूर्तिको सिलामाथि गाइको थुन आकारको शीला रहेको छ । गाईको थुन आकारको शीलाबाट शिव मूर्तिको शीरमा निरन्तर पानीको थोपा चुइने गर्दछ भने शिव मूर्तिमा चुहिने पानी हातमा थाप्दा दूध झर्ने गर्दछ । त्यस्तै महादेव स्थानमा प्रकृति निर्मित पापद्धार धर्मद्धार पनि रहेको     छ ।

महादेव स्थलमा नारायण पूजा लगाउन भक्तजनहरु आउँदा पूजाको लागि आवश्यक पर्ने माना, पाथी, थाली जस्ता बस्तुहरु त्यही मन्दीरवाटै निस्कने र पूजा सकिएपछि पुनः आफै अलप हुने किंवदन्ती छ । सो महादेव स्थानमा श्रावणको जनैपूर्णिमा, मंसिरको बालाचतुर्दशी (सद्विऊ छर्ने औँसी) पौषपूर्णिमा र शिवरात्रीमा मेला लाग्ने गर्दछ । उक्त मेलामा आएर सयौं भक्तजनहरुले आफ्ना मृत आत्माहरुको नाममा रातभरी बत्ती वाली जाग्राम बस्दा मृत आत्माहरुको शान्ती मिल्ने भएका कारण सो मेलामा सहभागी हुन आएको दर्शनार्थी छिमेकी जिल्ला काभ्रेका भगवती चौलागाईले जानकारी दिइन् ।


महादेव स्थानमा एउटा ढुङ्गा छ, त्यो ढुङ्गालाई मादलझै बजाउँदा मादलकै आवाज आउँछ । स्थानीय बुढापाकाहरुका अनुसार पहिला नारायण पूजा लगाएर राति जागराम बस्नेहरुले सोही ढुङ्गामा मादल बजाएर नाच्ने गाउँने गर्दछन् । धार्मिक आस्थाको केन्द्र एव पर्यटनको रुपमा समेत महत्वपूर्ण रहेको सानो शैलुङ्ग महादेव स्थानको प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको स्थानीयहरु बताउँछन् ।

सानो शैलुङ्गको प्रचार प्रसार हुन सके र यसलाई गाउँपालिकाले आफ्नो पालिका भित्रकै ऐतिहासीक धार्मिक क्षेत्रको रुपमा विकास निमार्णको लागि लागि पर्ने हो यस क्षेत्रमा हजारौं दर्शनार्थीहरु जिल्लामा भित्रयाउन सकिने र पालिकाको आर्थिक उपार्जन समेत टेवा पुग्न सक्ने दोरम्वा गाउँपालिका वडा नं ४ का वडा सदस्य रोहित मगरले जानकारी दिए ।

उनले भने– गाउँपालिकाले शुरुमा यस मन्दीर संरक्षणको लागि डिपिआर तयार गर्नुपर्ने र मन्दीर परिसरमा खानेपानी, आवास गृह, शौचालय, दर्शनार्थिहरु हिड्ने सिडी लगाएतका पूर्वाधारहरु समेत निमार्ण गर्न सक्नुपर्छ भने त्यतीकै मात्रामा यस स्थानको प्रचारप्रसार समेत गर्न सके यस क्षेत्रको विकास हुनसक्ने भएकाले यसतर्फ गाउँपालिकाले ध्यान दिनु जरुरी रहेको सदस्य मगरले बताए ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...