प्रचण्ड–माधब समूहकी नेतृ झाँक्री पक्राउ

रामेछाप । प्रहरीले नेकपा प्रचण्ड–माधक समूहकी नेतृ रामकुमारी झाँक्रीलाई उनकै घर नयाँवानेश्वरको शंखमुलबाट पक्राउ गरेको छ । नेतृ झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्ययादेबी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले उनलाई प्रक्राउ गरेको हो । यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, आफ्नो नाममा प्रक्राउ पूर्जि नदिई नजाने प्रहरी समक्ष अडान राखेकी थिइन । झाँक्रीको अडानपछि प्रहरी महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भन्दै झाँक्रीलाई पक्राउ पूर्जी दिएको थियो ।
गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति बिरुद्ध गरेको टिप्पणीलाई लिएर नेकपा ओली समुहका अख्रिल नेपाल महिला संघले झाँक्रीलाई पक्राउ गरि कारवाही गर्न माग गरेका थिए । सोही बिषयलाई लिएर झाँक्रीलाई प्रक्राउ गर्न महाशाखाका प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीको नेतृत्वमा दर्जनौ प्रहरी अधिकारी सहित उनका निवास शंखमुल पुगेका थिए ।
प्रहरीले झाँक्रीलाई पक्राउ गरेको भन्दै त्यसको बिरोधमा नेकपा प्रचण्ड–माधब समूहका कार्यकर्ताहरु भेला भएर सरकार बिरुद्ध विभिन्न नाराहरु समेत लगाएका थिए । पक्राउ पर्नु भन्दा पहिले सहभागीहरुलाई सम्वोधन गर्दै झाँक्रीले आफू राज्यको कानूनको पालक भएको बताएकी थिइन् । नेतृ झाँक्रीलाई प्रक्राउ गर्न पुगेका महाशाखाका प्रमुख एसएसपी दीपक थापाले अखिल नेपाल महिला संघले दिएको उजुरीको आधारमा पक्राउ गरेको बताए ।