प्रचण्ड–नेपाल समुह बहुमत केन्द्रिय सदस्य लिएर निर्वाचन आयोग जाने

काठमाण्डौं । नेकपाको प्रचण्ड–नेपाल समुहले आफ्ना बहुमत केन्द्रिय सदस्य लिएर निर्वाचन आयोग जाने तयारी गरेको छ ।
पार्टी भित्रको आन्तरिक विवाद लामो समयदेखी नमिलेपछि शुक्रवार बहुमत केन्द्रिय सदस्यसहित प्रचण्ड–माधब नेपाल समुह निर्वाचन आयोग जान लागेको हो । बहुमत केन्द्रिय सदस्य सहित निर्वाचन आयोग जान लागेको उक्त समुहले सबै केन्द्रिय सदस्यहरुको सक्कलै नागरिकता बोकेर दिउँसो १२ पार्टी कार्यालय पेरिसडाँडामा आउँन सबै सदस्यहरुलाई आग्रह गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिसको आधारमा गएको पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भङ्ग गरेपछि त्यसको असन्तुष्टि जनाउँदै प्रचण्ड–माधब नेपाल समुहले बिभिन्न विरोधसभाको कार्यक्रमहरु गर्दै आएका छन् । नेकपाको आधिकारीकता कसको भन्ने बिषय नटुङ्गिदा नेकपा भित्रको विवाद झनै बढ्दै गएको छ ।
अहिलेसम्म नेकपाको दुवै समुहले पार्टीको आधिकारीता दाबी गरेको भएता पनि निर्वाचन आयोगले कुनै पनि निर्णय गर्न सकेको छैन् । निर्वाचन आयोगले दुवै समुहले गर्दै आएका निर्णय र कार्यक्रमलाई मान्यता नदिने जनाएको छ ।