रामेछाप । नेकपा एमाले रामेछापका इन्चार्ज देवशकंर पौडेलको जिम्मेवारी खोस्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका कैलाश ढुंगेललाई रामेछाप जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले पौडेलको जिम्मेवारी खोस्दै मन्त्री ढुंगेललाई इन्चार्जको जिम्मेवारी दिएको हो । यस अघि एमाले अध्यक्ष शान्ती प्रसाद पौडेलको जिम्मेवारी खोस्दै आनन्द श्रेष्ठलाई अध्यक्षको जिम्मेवारी र सचिवमा पुरुषोत्तम कडरियालाई चयन गरेको थियो । जिल्ला इन्चार्जको जिम्मेवारी भने पौडेललाई नै कायम राखेको थियो ।
जिल्ला इन्चार्जको जिम्मेवारी पाए संगै मन्त्री समेत रहेका ढुंगेलले अब रामेछापमा सुदृढ एमाले बनाउन आफु लागी पर्ने बताए । उनले पार्टीको नीति र सिद्धान्त अनुसार पार्टी चलाउने बताउदै बाटो विराउनेहरुलाई पुरानै घरमा फर्किन आग्रह समेत गरे । पार्टी एकतालाई कायम राख्दै रामेछापमा बलियो एमाले बनाउने बताउदै इन्चार्ज ढुंगेलले सुदृढ एमाले बनाउन भूमिका खेल्ने सबैलाई पार्टीले उचित जिम्मेवारी दिने बताए ।
रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध
रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...