पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य फेरी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदाथका साथै खाना पकाउने ग्यासको मूल्य फेरी वृद्धि गरेको छ । आयल निगमलले बुधवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल ,डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको छ । आयल निगमलले राति १२ बजेदेखि लागू हुने नयाँ मूल्य सची तय गरेको छ अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९५ रुपैयाँ कायम गरेको छ । खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर १ हजार ४ सय रुपैयाँ पु¥याएको छ । निगमले हवाई इन्धनको मूल्य भने यथावत् कायम राखेको छ ।

Facebook Comments Box