पुरा गाउँ पहिरोको जोखिममा

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीको एउटा पुरागाउँनै पहिरोको उच्च जोखिममा परेको छ । २०७२ सालको भूकम्प पछि भुगर्वविद्ले पुरा गाउँनै जोखिम्मा रहेको भन्दै बस्ती स्थानान्तरण गर्नुपर्ने सुझाव दिएको थियो तर स्थानान्तरण नगरिदा बस्ती पहिरोको उच्च जोखिममा परेको उमाकुण्ड गाउँपालिका–७ भुजीका वडा अध्यक्ष रुद्रमणी नेवारले बताए ।


रामेछापको उमाकुण्ड गाउँपालिका–७ भूजीका ५० घर परिवारको एउटा सिङगो गाउँनै पहिरोको उच्च खोजिममा परेको छ । २०७२ सालको भूकम्पको कारण बस्ती माथिको भिरमा पहिरो चलेपछि भुगर्वविदले पहिरो बढ्नसक्ने भन्दै बस्ती स्थानान्तरण गर्नुपर्ने सुझाव दिएको थियो । तर त्यो कुरालाई ब्वास्था गर्दै सो ठाउमा भबन हरु निर्माण काय भएका छन् । पहिरो वर्षेनी बढ्दै गएको र सम्बन्धित निकायले बस्ती स्थानान्तरणको लागि चासो नदिंदा पहिरोको उच्च जोखिममा परेको स्थानिय प्रमिला सुनुवारले बताइन । उनले भनिन शुरु शुरुमा माथी बाट पहिरो गएको थियो तर अघिल्लो बर्ष बाट तल खोला बाट पहिरो जान शुरु गरेकोले कति खेर के हुने भन्ने थाहा नभएको बताईन । कतिबेला पहिरो आउने हो भन्ने डरले त्यहाँका स्थानीय अहिले त्रासमा बसिरहेका छन् । पहिरोको डरले आफुहरुले मध्यराती गाउँ छाडेर समेत हिड्न परेको स्थानिय जनमाया श्रेष्ठले बताइन । उनले भनिन् खाना खादा खादै पहिरो जानलागेपछी भागेर घर छाडेर स्कुलमा भोक भोकै धेरै रातहरु बिताउन परेको बताईन ।
उक्त स्थान बाट पहिरोकै कारण २९ घर विस्थापित भइसकेको स्थानिय गोपाल श्रेष्ठले जानकारी दिए । पहिरोले वडाको भुगोललाई नै दुई भागमा विभाजन गरिदिएको कारण बर्खाको समयमा अधिकांश वडाबासीहरु वडा कार्यालयले प्रवाह गर्ने सेवा लिनबाट समेत बञ्चित हुँदै आएको स्थानिय श्रेष्ठले बताए । उनका अनुसार वर्षेनी पहिरोको आकार पैmलिदै जाँदा सिंगो बस्ती नै जोखिममा परेको र खेतीयोग्य जमिन समेत कटान गर्दै लगेको जानकारी दिए ।


अन्य ठाउँमा जग्गा हुनेहरु बसाई सरेर गए पनि जग्गा नहुनेहरु भने भूकम्पपछिको पुनर्निर्माण कार्यक्रम अन्तर्गतको घर पनी त्यही ठाउँमा बनाएर बस्न बाध्य भएको उमाकुण्ड गाउँपालिका–७ भुजीका वडा अध्यक्ष रुद्रमणी नेवारले बताए
। बस्ती स्थानान्तरणको विषयमा स्थानीय सरकार र पुनर्निर्माण प्राधिकरणबीच पटक–पटक छलफल भए पनि बस्ती स्थानान्तरणको निर्णय नहुदा सेवाग्राहीले पनि सेवा लिन आउने अवस्था नभएको र वडा कार्यालय लगाएत सम्बन्धीत निकाएले पनि सेवा प्रवाह गर्न नसकेको वडा अध्यक्ष नेवारल स्वीकार गरेका छन् । अध्यक्षले भने हामीले गर्न सक्ने पहल गरेको हो वस्ती स्थानान्तरको लागी तर सकेनौ । भूकम्पपछि उमाकुण्डको भूजी लगायत रामेछाप जिल्लाका ११ स्थानका बस्तीहरु स्थानान्तरण गर्नुपर्ने भूगर्वविदले सुझाव दिएको थियो ।

Facebook Comments Box