पाटेबाघको आक्रमण बाट एक महिला बेपत्ता

बर्दिया ( पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जको कुँवाभार नजिक मोटरसाइकलमा सबार महिलालाई पाटेबाघले झम्टेर बेपत्ता पारेको छ ।बेपत्ता हुनेमा कैलाली लम्किचुहा नगरपालिका ४ नन्दकला थापालाई रहेको निकुञ्जले जनाएको छ ।
नेपालगन्ज बाट कैलालि जादै गरेको आमाछोरा सवार मोटरसाइकलको पछाडी बसेको थापालाइ शुक्रबार राति करिब साढे ८ बजे बाघले आक्रमण गरेर लगेको बताइएको छ । मोटरसाइकल चलाइरहेका छोरालाई सामान्य चोट लागेको छ भने महिलाको शव अझैं फेला परेको छैन ।
बाघले आक्रमण गरेको खबर पाएलगत्तै निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले हात्तीको सहायताबाट महिलाको खोजी गरिरहेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो ।
आजदेखि बेलुका निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा मोटरसाइकल, साइकल र पैदलयात्रुलाई हिँड्न प्रतिबन्ध लगाउने विषयमा छलफल गरिने संरक्षण अधिकृत श्रेष्ठले बताउनुभयो ।