पाँच जना पत्रकारसहित थप २९ जनामा कोरोना सङ्क्रमण

रामेछाप । रामेछापमा पाँच जना पत्रकार सहित २९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो संगै रामेछापमा संक्रमित हुनेको संख्या ७६ पुगेको छ । प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा मङ्गलबार स्वाब सङ्कलन गरी पठाइएको ३८ जनाको स्वाबमध्येबाट २६ जना र जिल्ला अस्पताल रामेछापबाट तीनजनाको स्वाब पठाइएकोमा तीनैजनामा कोरोना भोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए ।
जनस्वास्थ्य अधिकृत थापाका अनुसार पाँचजना पत्रकारसहित २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । जसमा २० जना पुरुष र ९ जना महिला छन् । थपिएका २९ जना सहित विहीबार सम्म जिल्लामा कुल कोरोना सङ्क्रमितको सङ्ख्या ३०२ जना पुगेको छ । यसमध्ये २२६ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।
कोरोना सङ्क्रमण भएका मध्ये दुई जना महिला र तीन जना पुरुष गरी सात जना जिल्ला अस्पतालको आइसोलेसन र ६९ जना होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । जिल्ला अस्पतालको आइसोलेसनमा बसेको दुईजना सङ्क्रमितको स्वास्थ्यमा गम्भीर समस्या आएपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

Facebook Comments Box