पश्चिमी वायुको प्रभाबले पहाडी तथा हिमाली भूभागमा हिमपात हुने

रामेछाप । पश्चिमी वायुको प्रभाबले देशका विभिन्न स्थानमा आंशिकदेखी सामान्य बदली हुने र उच्च् पहाडी तथा हिमाली भूभागमा हिमपात हुने भएको छ ।
वायुको प्रभावले आगामी आइतवारसम्म देशभर आंशिकदेखी सामान्य रुपमा मौसम बदली भई उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसमबिदु बरुण पौडेलले जानकारी दिए । उनले भने– उच्च हिमाली भेगमा हिमपात हुने सम्भावना भएता पनि पानी पर्ने सम्भावना भने नदेखिएको बताए ।
सुदूरपश्चिम प्रदेश र अन्य केही भूभागमा मौसम आंशिक रुपमा बदली भई बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । शुक्रवार देशभर आंशिकदेखी सामान्य रुपमा मौसम बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखी मध्यम हिमपातको सम्भावना रहेको छ भने तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ने हुँदा चिसो अझै केही समय घट्ने अवस्था नदेखिएकाले आफ्नो स्वास्थ्यमा ख्याल गर्न मौसम विभागले अनुरोध गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज काठमाण्डौं उपत्याको न्यूनतम तापक्रम ७ दशमलव ८ डिग्री र अधिकतम तापक्रम २१ दशमलव ६ डिग्री सेल्सियस रहेको जनाएको छ । त्यसैगरी सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।

Facebook Comments Box