सिन्धुली – जिल्ला कारागार कार्यालय सिन्धुलीमा निमार्ण भइरहेको कम्पाउण्ड गुणस्तरहिन रहेको कमलामाई नगरापलिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने र कमलामाई नगरापलिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले निमार्ण भइरहेको भवन अनुगमन गर्ने क्रममा गुणस्तरहिन भएको पाइएको नगरप्रमुख खत्रीले बताउनु भयो ।
नगरप्रमुख खत्रीले भने यस खुट्टाले हान्दा भत्कने कम्पाउण्डलाई गुणस्तर काम भन्न सकिन्न यो काम गुनस्तरहिन छ उनले भने । डाँफे–धुलीखेल संजीव एण्ड ब्रदर्श जेभिले निर्माण गरेको वालमा गुणस्तरहीन सामग्रीको प्रयोग गरी कम सिमेन्ट हालेर पर्खाल निर्माण गरेको स्थानीयको गुनासो आएपछी अनुगमन गरेको नगर प्रमुखले बताउनु भयो ।
मेयर खत्रीले करोडौं मुल्यको निर्माणमा गुणस्तरमा ध्यान दिन पटक–पटक अनुरोध गर्दा पनि निर्माण कम्पनीले लापरबाही गरेको बताउनु भयो । “कारागार भवन निर्माण गर्दा समेत गुणस्तरहीन सामग्रीको प्रयोग भएको पाइएको छ । हामीले प्रमुख जिल्ला अधिकारीमार्फत गुणस्तर चेक गर्न भनेका छौं । गुणस्तरहिन काम भत्काएर पुनः निर्माण नगरेसम्म काम रोक्न भनेका छौं,” खत्रीले भन्नु भयो ।
भवन निर्माण गर्दा स्टमेट अनुसार समेत नभएको पाइएको छ । निर्माण सामग्री तथा पुराना तारहरु सडकमै जथाभावी छाडिदिँदा स्थानीय दुर्घटनामा पर्ने गरेको समेत गुनासो आएपछि अनुगमन गरिएको र अनुगमनका क्रममा निर्माणमा गम्भीर लापरवाही गरिएको पाइएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिनु भयो । “अनुगमनमा देखिएको गुणस्तरहीन कामलाई तत्काल रोकेर ठेकदारलाई प्रशासन कार्यालयमा उपस्थित हुन भनेका छौं । काममा सुधार नगरे भुक्तानी रोकेर कारवाही गछौं,” उहाँले भन्नु भयो ।
रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध
रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...