पत्रकार र कुटनीतिक क्षेत्रका कर्मचारीलाई कोरोना बिरुद्धको खोप

रामेछाप । नेपालमा कोरोना भाइरसबिरुद्धको पहिलो चरणको खोप कार्यक्रम सम्पन्न भए लगत्तै स्वास्थ्य मन्त्रालयले पुनः दोश्रो चरणको खोप कार्यक्रम संचालन गर्ने भएको छ ।
दोश्रो चरणको खोप कार्यक्रममा पत्रकार र कुटनीतिक क्षेत्रका कर्मचारीहरुलाई लगाइने भएको हो । कोरोना भाइरसबिरुद्धको पहिलो चरणको खोप १ लाख ८४ हजारले लगाएका छन् । पहिलो चरणको खोपमा अग्रपङतिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्वुलेन्स चालक, शबबाहन चालक र फोहोरमैला व्यवस्थापन गर्नेहरुलाई लगाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
छिमेकी मुलुक भारत सरकारले अनुदानमा उपलव्ध गराएको खोप कोभिशिल्ड देशभरका २ सय १ खोप केन्द्रहरुबाट १ लाख ८४ हजार ८ य ५७ जनालाई लगाइएको थियो । जसअनुसार प्रदेश नं.१ मा २४ हजार २ सय २४ जना, प्रदेश नं.२ मा २५ हजार ६ सय ३७ जना, बागमती प्रदेशमा ६३ हजार ३ सय ८ जना, गण्डकी प्रदेशमा १८ हजार ४ सय ७२ जना, लुम्बिनी प्रदेशमा २८ हजार ९ सय ४१ जना, कर्णाली प्रदेशमा ९ हजार ४ सय २० जना र सुदुरपश्चिम प्रदेशमा १४ हजार ८ सय ५५ जनालाई कोरोना विरुद्धको खोप लगाएका छन् ।
छिमेकी मुलुक भारत सरकारले अनुदानमा दिएको खोप लगाएपछि पुनः अर्को छिमेकी मुलुक चिन सरकारले पनि नेपाल सरकारलाई ५ लाख मात्रा खोप उपलव्ध गराउने जनाएको छ ।

Facebook Comments Box