पत्रकार महासंघ रामेछापको अध्यक्षमा नयाँघरको टिम विजयी

रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापमा बद्री नयाँघरेको टिम बिजय भएको छ । पत्रकार महासंघ रामेछापमा २५ गते भएको निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस सेन्टरको सयुक्त टिम बाट बद्री नयाँघरे, प्रेस चौतारी नेपाल बाट सौजन्य सत्याल र स्वतन्त्र उमेरद्वारको तर्फबाट सुमित श्रेष्ठ चुनाबी प्रतिस्पर्धामा थिए । महासंघको २५ गते भएको निर्वाचनमा खसेको ७३ मत मध्य नेपाल प्रेस युनियनका उमेरद्वार बद्री नयाँघरेले ३९ मत प्रप्त गर्दै बिजय हासील गरेका छन भने उनका प्रतिस्पर्धी स्वतन्त्र उमेरद्वार सुमित श्रेष्ठले ३३ मत ल्याएका छन त्यस्तै गरी प्रेस चौतारी नेपालका उमेरद्वार सौजन्य सत्यालले १ मत मात्र पाएका छन ।
नयाँघरको अध्यक्षतमा कैलाश खत्री र रिता मगर उपाध्यक्ष पदमा निर्वाचित भएका छन् भने सचिवमा तुल्सीदेवी श्रेष्ठ, सह–सचिवमा रामचन्द्र विक, सम्बर बहादुर हायु, कोषाध्यक्षमा युवराज श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यसतैगरी सदस्यहरुमा अनिता थापा मगर, कुमार श्रेष्ठ, निरोज श्रेष्ठ, राजन महतारा, सरोजराज सुवेदी, निरु थापा, मिलन वि.क निर्वाचित भएका छन् ।जनजाती सदस्यमा भने सुमित्रा लामा निर्विरोध निर्वाचित भएका थिए ।
रामेछाप बाट राष्ट्रिय सभा सदस्यमा टिकाप्रसाद भट्ट, दिपक भट्ट र हिमाल ढुंगेल निर्वाचित भएका छन् भने प्रदेश सभा सदस्यमा अप्रिल अधिकारी, उमंग मैनाली, दीपककुमार घिमिरे र सन्तोष ढुंगेल निर्वाचित भएका छन् भने महिला प्रदेश सभा सदस्यमा मञ्जु उप्रेती निर्विरोध निर्वाचित भएका थिए ।