पकरबासमा निःशुल्क भिडियो एक्स–रे

रामेछाप । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं–५ पकरबासका ५३ जना महिलाहरुको निःशुल्क भिडियो एक्स–रे तथा स्वास्थ्य परिक्षण गरिएको छ ।
अस्पताल तथा स्वास्थ्य सेवामा कम पहुँच भएका पाठेघर सम्बन्धी समस्याबाट पिडित ग्रामिण महिलाहरुलाई लक्षित गरी संचालन गरिएको उक्त स्वास्थ्य शिविरमा पाठेघरमा समस्या भएका ५३ महिलाको निःशुल्क भिडियो एक्स–रे गरिएको हो । शिविरमा स्वास्थ्य परिक्षणका लागि आएका महिला मध्ये केहि महिलालाई पथ्थरी भएको पाइएको स्वास्थ्य परिक्षण गर्न गाउँमा पुगेका डा.सुमन कर्माचार्यले बताए ।
तामाकोसी अस्पतालको प्राविधिक सहयोग तथा स्थानीय त्रिशक्ति महिला समाजको आयोजनामा सम्पन्न उक्त शिविरमा खाँडादेवी गाउँपालिकाको वडा नं–४ र ५ का महिलाहरुले सेवा लिएको संस्थाकी सचिव शैलजा ढुंगेलले जानकारी दिइन । उक्त संस्थाले यस अघि पनि गाउँमा महिला शशक्तिकरणका लागि आयआर्जन तथा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ । महिलाहरुका समस्यामा केन्द्रिय यो संस्थाले आगामी दिनहरुमा पनि स्वास्थ्य शिविर, आयआर्जन तथा महिलाको शशक्तिकरणका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने योजना रहेको संस्थाले जनाएको छ ।

Facebook Comments Box