नेपाल उद्योग वाणिज्य महासंघमा रामेछापबाट दुई सदस्य मनोनित

रामेछाप । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतका समितिको सदस्यमा रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरे र पूर्व अध्यक्ष पशुपति बहादुर खड्का मनोनित भएका छन् ।
नेपाल उद्योग वणिज्य महासंघ अन्तर्गतको घरेलु तथा साना उद्योग विकास समितिको सदस्यमा उद्योग वणिज्य संघ रामेछापका अध्यक्ष केशव प्रसाद घिमिरे र पूर्व अध्यक्ष पशुपति वहादुर खड्का सदस्य पदमा मनोनित भएका हुन् । नेपाल उद्योग वणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको प्रमुख आतिथ्यता तथा व्यापार मेला समितिका सभापति नरेन्द्र खड्काको अध्यक्षतामा बिहिबार काठमाण्डौंको टेकुमा भएको भेलाले रामेछाप उद्योग वाणिज्य संघवाट दुईजनालाई सदस्यमा मनोनित गरेको रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरेले जानकारी दिए ।
रामेछापबाट गत माघ १२ गते महासंघअन्तर्गतको केन्द्रिय उद्योग समितिको सदस्यमा खड्का मनोनित भएका थिए । रामेछापबाट मनोनित भएका दुबै जना सदस्यहरुले आगामी दिनमा समग्र रामेछापका उद्योयोगी र व्यवसायीको हितमा ध्यान दिदै उनीहरुको पक्षमा रहेर काम गर्ने बताएका छन् ।