नेपाल आन्दोलनविरोधी हुन पार्टीमा ठाउँछैन्–ओली

काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधबकुमार नेपाल आन्दोलनविरोधी भएकाले उनी लगाएतका नेतालाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् ।

सो कुरा उनले शनिवार काठमाण्डौं जिल्ला कमिटीको बैठकमा सहभागी नेताहरुको माझ बताएका हुन् । उनले आफ्नो नेतृत्वको सरकार ढालेर विकास र समृद्धिको सपनामा कुठाराघात गरेको भन्दै नेपालले पार्टीलाई सक्न ठूलो भूमिका खेलेको र फ्लोर क्रस समेत गर्ने सांसदहरुलाई आफ्नो पार्टी भित्र कुनै पनि स्थान नरहेको बताएका हुन् ।

उनले सोही बिषयमा बैठकमा सहभागी नेताहरुसँग ओलीले भने पार्टीमा आस्था राख्ने तर बाटो बिराएका जो माधबकुमार नेपालको पक्षमा उभिएका छन् उनीहरुलाई पार्टीमा ठाउँ दिने तर माधबकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ छैन् । उनले पार्टी सरकारविरुद्ध कुठाराघात भएको र अभियानमा गम्भीर रुपमा ब्रेक लागेको ओलीको भनाइ छ ।

Facebook Comments Box