नेपाली कांंग्रेसद्वारा आन्दोलनका थप कार्यक्रमको घोषणा,

काठमाडौं,। प्रमुख प्रतिपक्षी दल नेपाली काँंग्रेसले आन्दोलनका थप कार्यक्रमको घोषणा गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम प्रतिपक्षी दल नेपाली काँंग्रेसले घोषणा गरेको हो । मंगलबार केन्द्रीय कार्यालय सानेपामा बसेको काँंग्रेस केन्द्रीय समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । माघको १७ गते शनिबार पार्टी निकट भातृ संस्थाहरुले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने, माघ २४ गते शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिएका छन् ।
त्यस्तै माघ ३० गते जिल्ला कार्यसमितिले जिल्लामा प्रदर्शन गर्ने कार्यक्रम तय भएको प्रवक्ता शर्माले जानकारी दिए । उनले केन्द्रबाट तय गरिएको आन्दोलनको कार्यक्रमबाहेक अन्य कार्यक्रमहरु पनि पार्टीका जिल्ला तथा भातृ संगठनले गर्न सक्ने बताए ।
प्रतिनिधिसभा बिघटनको विरुद्ध गरिने आन्दोलनका बिषयमा पार्टीभित्र कुनै विवाद नभएको जानकारी दिएको छ । त्यस्तै बैठकले संसद बिघटनको असंवैधानिक निर्णयको विरुद्धमा नागरिकले गरेको शान्तिपूर्ण आन्दोलनमा भएको दमन र हस्तक्षेपको निन्दा र भत्र्सना गर्दै घाइतेहरुको शीघ्र स्वाथ्यलाभको कामना पनि गरेको छ ।
बैठकमा प्रतिनिधिसभा बिघटन बिरुद्धको आन्दोलनलाई एकजुट भएर अघि बढाउने बिषयमा पनि छलफल भएको थियो । आन्तरिक बिषय, आन्दोलनको बिषय र राष्ट्रिय राजनीतिका बिषयमा पनि सर्वस्म्मतिले निर्णय गरेको प्रवक्ता शर्माले बताए ।

Facebook Comments Box