नेपाली काँग्रेसद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण

रामेछाप नेपाली काँग्रेस रामेछाप—काठमाण्डौं सम्पर्क समितिले जिल्लाको खाँडादेवी गाउँपालिकामा स्वास्थ्य सामग्री वितरण गरेको छ ।
विश्वव्यापी महामारीका रुपमा फैंलदै गएको कोरोना न्यूनिकरणकालागि सहयोग पुर्याउने उदेश्यले सम्पर्क समितिले नर्मल बेड सिट,मास्क, सेनिटाइजर, सिटामोल, थर्मोमिटर, अक्सोमिटर, भिटामिन सि, फेससिल, मल्टिभिटामिन लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको समितिका सभापति राजनारायण श्रेष्ठले जानकारी दिए ।


सम्पर्क समितिको केहि दिनअगाडि बसेको अनलाइन बैठकले गरेको निर्णयका आधारमा स्वास्थ्य सामग्रीहरु खरिद गरेर खाँडादेवी गाउँपालिकाको वडा नं ३, ४ र ५ को भिरपानी र पकरबासका ६ वटा स्वास्थ्य केन्द्रहरुमा सामग्री हस्तान्तरण गरिएको श्रेष्ठले बताए ।
यसरी स्वास्थ्य सामग्री हस्तान्तरण गरिएका स्वास्थ्य केन्द्रहरुमा पकरबास स्वास्थ्यचौकी, खाँडादेवी आधारभुत स्वास्थ्य चौकी भिमसेनस्थान, खाँडादेवी स्वास्थ्यइकाइ सान्ने, प्रस्तावितलाप्का सामुदायिक स्वास्थ्यइकाइ भिरपानी, सामुदायिक स्वास्थ्य इकाइ भिरपानी र आपचौर स्वास्थ्य चौकी भिरपानीरहेका छन ।

Facebook Comments Box