नेपालमा कोरोनाको आज कारण २८ जनाको मृत्यु

रामेछाप । कोरोना भाइरस संक्रमनको कारण २४ घण्टामा नेपालमा २८ जनाको मृत्यु भएको छ भने ३ हजार १ सय २२ जना नयाँ संक्रमित थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३२ जनामा र ७ सय ८६ एन्टिजेन परीक्षण गर्दा ९० जना गरी ३ हजार १ सय २२ जनामा आज संक्रमण पुष्टि भएको हो ।
यसैगरी भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा १ हजार १ सय ३२ गरी १ हजार ४ सय ९८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार हाल देशभर २ सय ५२ जना आईसीयू रहेका छन भने ६५ जना भेन्टिलेटमा रहेका छन् । मन्त्रालयका अनुसार देशभर कोरोनामुक्त हुने दर ९२.५ प्रतिशत रहेको छ ।

Facebook Comments Box