नेपालमा इन्टरनेट सेवा ठप्प हुन सक्ने- आइस्पान

२१ बैशाख २०८१, शुक्रबार

काठमाण्डौं । नेपालमा इन्टरनेट सेवा ठप्प हुन सक्ने इन्टरनेट सेवाप्रदायक संस्था (आइस्पान) जनाएको छ । सेवाप्रदायकका अनुसार नेपालका इन्टरनेट सेवाप्रदायक (आईएसपी)ले अपस्ट्रिम सेवाप्रदायकलाई भुक्तानी दिन नसक्दा इन्टरनेट सेवा ठप्प हुने अवस्था आएको बताएका छन् ।

हुन त एक साताअगाडि १३ वैशाखमा पत्रकार सम्मेलन गरेर इन्टरनेट सेवाप्रदायक संस्था (आइस्पान) ले नेपालमा इन्टरनेट सेवा ठप्प हुन सक्ने चेतावनी दिएको थियो । सरकारलाई तिर्नुपर्ने शुल्क विवादका कारण सरकारले नेपालका सेवाप्रदायकलाई विदेशी मुद्रा सिफारिस रोकिदिएका कारण यस्तो अवस्था आएको आइस्पानले बताएको छ ।
यही विवादका कारण विगत नौ महिनादेखि ब्यान्डविथ आयातका लागि आईएसपीहरूले अपस्ट्रिम सेवाप्रदायकलाई भुक्तानी गर्न सकिरहेका छैनन् । नेपालमा आयात हुने कुल ब्यान्डविथमध्ये भारतीय कम्पनी एयरटेलको हिस्सा ७० प्रतिशतभन्दा बढी छ ।
१३ वैशाखको पत्रकार सम्मेलनमा आइस्पानका पूर्व अध्यक्ष विनय बोहोराले भारतीय कम्पनी एयरटेललाई करिब ३० मिलियन अमेरिकी डलर भुक्तानी दिन बाँकी रहेको बताएका थिए । सोही शुल्क तिर्न नमिल्दा एयरटेललगायतले नेपालमा इन्टरनेट काटेको सेवाप्रदायकले जनाएका छन् । इन्टरनेट अवरुद्ध हुनासाथ उनीहरूले म्यासेज र आफ्नो सामाजिक सञ्जालमार्फत ग्राहकलाई यस्तो जानकारी दिएका थिए ।

मन्त्रालय स्रोतका अनुसार भने इन्टरनेट एकाएक बन्द भएपछि मन्त्रालयले नै अनुरोध गरेर भारतबाट नेट नकाट्न पहल गरेको थियो । त्यसपछि तत्कालका लागि इन्टरनेट सुचारु भए पनि यो जुनसुकै समयमा जान सक्ने सम्बद्ध स्रोत बताउँछ । त्यस्तै, तत्कालका लागि सुचारु भए पनि एयरटेललगायतका अपस्ट्रिम सेवाप्रदायकलाई शुल्क तिर्ने काम बाँकी रहेको र सरकारले विदेशी मुद्रा भुक्तानीका लागि विदेशी मुद्रा सटही सिफारिस नगरिदिएसम्म समस्याको हल नहुने सेवाप्रदायकहरूको दाबी छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै काँग्रेस सचिव खड्का द्वारा विज्ञप्ति जारी

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै काँग्रेस सचिव खड्का द्वारा विज्ञप्ति जारी

रामेछाप । नेपाली काँग्रेस रामेछापका पार्टी सभापति पूर्ण बहादुर तामाङ ९कान्छाराम०को कार्यशैलीको विरोध गर्दै पार्टी सचिव दीपक खड्काले प्रेस विज्ञप्ति जारी गरेको छ । १११ औँ वि.पी जयन्तीको अवसरमा पार्टी सभापति कान्छारामले समितिमा छलफल समेत नगरी एकलौटी मनोमानी ढङ्गबाट...

डेंगुको सङ्क्रमण बढ्दो – रामेछापमा ६ जनामा डेंगु सङ्क्रमण फेला

डेंगुको सङ्क्रमण बढ्दो – रामेछापमा ६ जनामा डेंगु सङ्क्रमण फेला

रामेछाप । रामेछाप जिल्लामा पनि डेंगु सङ्क्रमणको बिरामी फेला परेको छ । देश भरी डेंगु सङ्क्रमणको समस्या भई रहेको अवस्थामा रामेछापमा पनि डेंगु सङ्क्रमितका बिरामी ६ जना फेला परेको हो । बागमती प्रदेश सरकारले गत साउन १ गतेदेखि गरेको परीक्षणमा रामेछापमा ६ जनामा डेंगु...

दुबइमा शिशुको जन्म पछि फरार रहेकी पहरीलाई सम्पर्कमा आउन दूतावासको आग्रह

दुबइमा शिशुको जन्म पछि फरार रहेकी पहरीलाई सम्पर्कमा आउन दूतावासको आग्रह

काठमाण्डौं । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा शिशुको जन्मपछि फरार रहेकी ललितपुरकी २८ वर्षीय रेणुका पहरीलाई सम्पर्कमा आउन नेपाली दूतावास आबुधावीले आग्रह गरेको छ । युएईको लतिफा हस्पिटल दुबईमा गएको अगस्त १६ मा अस्पतालको इमरजेन्सी कक्षमा भर्ना भएकी पहरीले जन्म दिएको...