नेकपा समाजबादीले मंसिर भित्रै वडा कमिटी गठन गरिसक्ने

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) रामेछाप जिल्ला कमिटीको पहिलो बैठक शनिवार जिल्ला सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ ।


पार्टीको पहिलो वैठकमा जिल्ला तहमा भएका पार्टीका सदस्यहरुसँग परिचयात्मक कार्यक्रम गर्नुको साथै मंसिर १५ गते सम्ममा जिल्लाको ८ वटै स्थानिय तहका ६४ वटा वडाहरुमा वडा कमिटी गठन गर्ने निर्णय भएको नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) रामेछाप जिल्ला कमिटीका सचिबालय सदस्य दीपकराज दाहालले जानकारी दिए

Facebook Comments Box