नेकपा माओवादी केन्द्रले खोल्यो पार्टी कार्यालय

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीको देवकोटा चोकमा नेकपा माओवादी केन्द्रले बिहिवार पार्टी कार्यालय उद्घाटन गरेको छ ।
सर्वोच्च अदालतले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेजको फैसला पछि नेकपा एमालले छुट्टै पार्टी कार्यालय उद्घाटन गरेसँगै नेकपा माओवादी केन्द्रले पनि आफ्नो छुट्टै पार्टी कार्यालय खोलेको हो । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय उद्घाटन रामेछापका प्रतिनिधिसभा सदस्य एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य श्यामकुमार श्रेष्ठले गरेका हुन् ।
माओवादी केन्द्रको पार्टी कार्यालय उद्घाटन गर्दै सांसद श्रेष्ठले केपी शर्मा ओली प्रबृत्तिका विरुद्धमा सङ्र्घष गर्दै पार्टी एकता प्रक्रियालाई अगाडी बढाउने बताए । पार्टी कार्यालय उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य टंकलाल घिसिङ, संविधानसभा सदस्य डिल्लीमान तामाङ, जिल्ला अध्यक्ष मैनकुमार मोक्तान लगायतका नेता एवं कार्यकर्ताहरुको समेत उपस्थिती रहेको थियो ।

Facebook Comments Box