नेकपा दाहाल–नेपाल समूहको नेपालबन्द (आमहड्ताल)घोषणा

रामेछाप । नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले बिहीबार रामेछाप लगाएत देश भर(आमहड्ताल) नेपाल बन्दकोे घोषणा गरेको छ । प्रतिनिधिसभाको असंवैधानिक विघटन र संवैधानिक नियकामा सिफारिस गरिएकाहरुलाई शपथ ग्रहण गराएर खटाएपछि नेकपाको दाहाल(नेपाल समूहले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
बुधबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिकीका सह–संयोजक पम्फा भुषालले पूर्व निर्धारित कार्यक्रमलाई परिमार्जन गरेर बिहीबार नेपाल बन्दको घोषणा गरिएको जानकारी दिए । सह–संयोजक भुषालले विद्यालय, कल कारखाना, सार्वजनिक क्षेत्र र यातायात पनि ठप्प पारिने जानकारी दिएकोे छ । त्यस्तै यस अघि तय भएको परीक्षालाई भने सञ्चालन गर्न दिने बताइन ।
पत्रकार सम्मेलनमा केन्द्रीय संघर्ष समितिका संयोजक एव नेकपा प्रचण्ड–नेपाल पक्षका प्रवक्ता श्रेष्ठले सरकार संविधान, कानून र राजनीतिक संस्कृतिलाई उल्लंघन गर्दै देशमा गुण्डाराज र फाँसीवाद लाद्न लागिपरेको आरोप समेत लगाएका छन् । श्रेष्ठले आफूहरु शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको भन्दै प्रतिनिधिसभा विघटनविरुद्ध मुलुक आन्दोलनमा होमिएका बेला पुनः संवैधानिक नियुक्ति गरेर सरकारले संविधान र लोकतान्त्रमाथि प्रहार गरेको आरोप पनी लगाएको छ ।
प्रवक्ता श्रेष्ठले संविधान बचाउन नेपाली जनताले सहयोग गर्ने अपेक्षा लिएको भन्दै आगामी माघ २८ गते तय भएको प्रदर्शन यथावत रहेको जानकारी दिए । श्रेष्ठले स्वेतपत्र जारी गर्ने विषयमा पनि पार्टीमा छलफल जारी रहेको भन्दै त्यसबारे चाडै निष्कर्षमा पुग्ने बताएका छन ।
श्रेष्ठले प्रधानमन्त्री ओली समूहको २३ गतेको आमसभासँग आफ्नो पार्टीले घोषणा गरेको आमहड्तालको कुनै सम्बन्ध नभएको तर्क दिएका छन् । सरकारले भने सुरक्षा योजनामा प्रहरीको परिचालन अत्यधिक बढाएको छ । बन्दका क्रममा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न साबिकको भन्दा प्रहरी जनशक्ति बढाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । कार्यालयका अनुसार साबिकको भन्दा पैदल, मोबाइल, पिकेट गस्ती बढाइएको छ ।
शान्तिपूर्ण वातावरणमै आमहड्ताल सम्पन्न होस् र सर्वसाधारणले शान्ति सुरक्षा र अमनचयनको प्रत्याभूत गरून् भन्ने उद्देश्यबाट प्रहरी परिचालन हुने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले जानकारी दिए । त्यसअनुसार उपत्यकाका तीन वटै जिल्लास्थित सुरक्षा प्रमुखहरूलाई आवश्यक सुरक्षा व्यवस्था मिलाउन समेत भनिएको छ । ‘राजनीतिक पार्टीको विरोध आन्दोलनका क्रममा शान्तिपूर्ण प्रदर्शनमा बाधा पर्ने छैन, जबरजस्ती बन्द गराउने, आगजनी र तोडफोड भए प्रहरीले नियन्त्रणणमा लिएर कारबाही गर्छ,’ पालले भने, ‘कुनै पनि धनजनको क्षति नहोस् भन्नेतर्फ प्रहरी सचेत छ ।’ केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरका अनुसार उपत्यकामा रानीपोखरीले र अन्य ठाउँमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयले सुरक्षा योजना बनाएका छन् । त्यसमा केन्द्रको आवश्यक निर्देशन छ ।