नेकपाको व्यवहारले लज्जित बनायो भन्दै कांग्रेसमा प्रबेश

रामेछाप । सिन्धुलीको दुधौली नगरपालिका वडा–१३ का ३६ जना नेकपाका नेता तथा कार्यकर्ता नेकपाको व्यवहारले लज्जित बनाएको भन्दै नेपाली काग्रेसमा प्रबेश गरेका छन् । पार्टी प्रबेश पछी नेकपा एमाले र माओवादी केन्द्रका विभिन्न भूमिकामा रहेका नेता÷कार्यकर्ताले आफुहरुलाई कम्युनिस्टको व्यवहारले लज्जित बनाएर पार्टी त्याग्न बाध्य भएको बताएका छन ।
माओवादी केन्द्रबाट गत स्थानीय चुनावमा महिला सदस्यको उम्मेदवार समेत बनेका फणिन्द्र माया तामाङ भन्छिन्, ‘कम्युनिस्ट पार्टी र तिनका नेताले हामी जस्तो मान्छेलाई हतियारको रुपमा प्रयोग गरे त्यसैले हामी पार्टी परित्याग गरेर एउटा सन्देश दिन चाहन्छौ हामी सचेत छौं, हतियारको रुपमा प्रयोग हुदैंनौ उनले भनिन् ।


त्यसैगरी नवप्रवेशी माओवादी केन्द्र दुधौली नगर कमिटी सदस्य नेत्र तामाङ भन्छन्, ‘कम्युनिस्ट पार्टीले हाम्रो अमूल्य मत र विश्वास माथी घात गरेर त्यसको विपरीत चलेको कारण अब हामी कम्युनिस्ट रहन सकेनौं । हामीलाई सपना देखाइयो र दुई तिहाइ शक्ति आर्जन गरेर सत्तामा पुगेपछि जुन कुर्सीको लडाइँ भयो एउटा नैतिकवान नेतृत्वलाई त्यो भन्दा ठूलो लाज केही हुँदैन उनले भने । उनी एउटा प्रधानमन्त्री जस्तो व्यक्ति यति अमर्यादित कसरी हुनसक्छ, त्यस्तो व्यक्ति कम्युनिस्ट सदस्य हुने कम्युनिस्ट पार्टीमा बसेर हामी हाम्रो मर्यादा जोगाउन सक्दैनौं भन्ने ठानेर हामी कम्युनिस्ट सदस्य लिएको पार्टी परित्याग गर्न बाध्य भएका हौं तामाङले भने । नेत्र तामाङका सहयोद्वा नगर कमिटी सदस्य कृष्ण तामाङ भन्छन्, ‘हाम्रो योगदानको कदर नगरेर कम्युनिस्टले जुन हर्कत ग¥यो त्यसले हामीलाई दुःख लागेको छ । मलाई कम्युनिस्टको नगरकमिटी सदस्य हुनुभन्दा कांग्रेसको साधारण सदस्य हुनुमा गौरव छ उनले भने ।


स्वागत कार्यक्रम वडा कार्यसमिति सभापति बिबिसिंह तामाङको अध्यक्षतामा भएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सभापति कर्ण बहादुर थापाले भने, ‘कम्युनिष्टले सत्ता चलाउन मात्र नसकेको हैन नैतिकता पनि देखाउन भन्दै हिजोको दिनमा संसद विघटन गरेपछि हरेक प्रधानमन्त्रीले राजिनामा दिएका थिए तर केपी ओली अझै लाज पचाएर प्रधानमन्त्रीको कुर्सीमा टाँसिएर बसिरहेका भन्दै प्रधानमन्त्री वलीको बिरोध पनी गरे । थापाले विश्वको अधिनायकवादी शासकको लहरमा केपी ओलीलाई पनि देख्न सकीने भन्दै स्वेच्छाचारी र निरंकुश शासक संसारमा दुर्लभ भएको र नेपालमा पनी हुने बताए ।

Facebook Comments Box