रामेछाप । जिल्लाकै ठूलो सहकारी संस्थानवजागरण वचततथा ऋण सहकारी संस्था लिमिटेड मन्थलीले आफ्नै जग्गामा सुविधासम्पन्नभवन निमार्ण गरेको छ । संस्थाको नाममा रहेको मन्थलीनगरपालिका वडा नं–१ रेडक्रस लाइनमा९ आनाजग्गामा साढे चारतल्ले सुविधा सम्पन्नभवन निमार्ण गरेको हो । निमार्ण सम्पन्न सोही भवनवाट सदस्यहरुलाई सेवाउपलव्ध गराउने अन्तिमतयारीमा जुटेको नवजागरण वचततथा ऋण सहकारी संस्थाकाव्यवस्थापक रमेश उदाशले जानकारी दिए ।
उनले भने– संस्थाको आफ्नै भवननहुँदा रामेछाप उद्योग वाणिज्य संघको भवन भाडामा लिएर कामगर्दै आएको थियौं । भाडामा लिएको घरवाट सदस्यहरुलाई सेवाप्रवाहगर्दा धेरै सास्ती खेप्दै आएको संस्थाले आफ्नै नयाँ भवनवाट सेवाआरम्भ गर्दा धेरै सहजहुने अपेक्षालिएको पनिव्यवस्थापकउदाशले बताए । संस्थाको १ करोड ५८ लाखको लागतमाभवन निमार्णको काम सबै सकाएको हो । आगामी वैशाख ११ गते भवनको उद्घाटन गर्ने र सोही भवनवाट बचतका सदस्यहरुलाई सेवाप्रदानगर्ने गरि कार्यक्रम तय समेत भइसकेको छ । ४८ करोडको कारोवार गर्दै आएको उक्त संस्थामा ३४ करोड रुपैयाँ बचत, ३१ करोड रुपैयाँलगानी, ४ करोड २७लाख शेयरपूँजी, ५ करोड १४ लाख रुपैयाँजगेडाकोष रहेको छ भने हाल ६ हजार ८ सय सदस्य रहेको उक्त संस्थाले जनाएको छ ।
संस्थाको हालमन्थलीनगरपालिका, लिखुतामाकोशीगाउँपालिका र रामेछाप नगरपालिकागरि विभिन्न क्षेत्रमाकार्यक्षेत्र थपविस्तार गरि सदस्यहरुलाई सेवाप्रदानगर्दै आएको छ । संस्थाले आफ्नो चारवर्षे रणनितीक योजना समेत निमार्ण गरि आम सदस्यहरुको हितमाकामगर्ने योजना अघि वढाएको हो ।