नयाँदिल्ली उडेको प्लेन बुल्गेरियामा आपतकालीन अबतरण

पेरिस । फ्रान्सबाट भारतको नयाँदिल्ली तर्फ उडेको एयरफ्रान्सको जहाज बुल्गेरियाको सोफिया विमानस्थलमा आपतकालिन अबतरण भएको छ ।
जहाजमा चढेका एक भारतीय नागरिकले जहाज उड्नासाथ चिच्याउने, सँगैका यात्रुहरुसँग झगडा गर्ने, ककपिटको ढोका तान्ने र विमान परिचारिकाहरु माथि आक्रमण गर्ने जस्ता अमानवीय व्यवहार गर्न थालेपछि जहाज आकस्मीक रुपमा अबतरण गरिएको बुुल्गेरियाका अधिकारीहरुले जानकार दिएका छन् । यात्रुको व्यवहारका कारण जहाज आकस्मीक रुपमा अबतरण गराइएपनि सुरक्षाकर्मीहरुले भने ती व्यक्तिको बिषयमा भने जानकारी गराएको छैन् ।
जहाजभित्र विमानपरिचारिका माथि आक्रमण गर्ने यात्रुुलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । उनलाई उडान सुरक्षामा खतरा निम्त्याएको भन्दै मुद्धा समेत दायर गरिएको छ । उनलाई लगाइएको मुद्धा हारेमा उनले १० वर्ष जेल सजाय भोग्नुपर्ने हुन्छ । यस विषयमा एयर फ्रान्सले घटनाको बिषयमा छानविन भइरहेको जनाएको छ ।