दोलखाका ७ पत्रकार पक्राउ

रामेछाप । दोलखा जिल्लाका ७ जना पत्रकार पक्राउ परेका छन् । मुडे– चरिकोट सडक निर्माण अलपत्र पारेको भन्दै आन्दोलनमा उत्रिएका दोलखाका ७ जना पत्रकारहरुलाई जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरेको हो । पत्रकारहरुले नाराबाजी सहित सडक डिभिजन कार्यलयमा ताला लगाउन लागेपछी प्रक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा मुडे चरिकोट सडक निर्माण संघर्ष समितिका संयोजक चिरञ्जीवी मास्के सह संयोजक रमेश खतिवडा, सचिब गोकर्णप्रसाद भण्डारी ,सदस्यहरू श्रिजनकुमार घिमिरे,श्याम खतिवडा ,अर्जुन कार्की र राजन बस्नेत रहेका छन् ।
सडक समयमै नबनाएको भन्दै दोलखावासीले हरेक सवारीसाधनमा भौतिक पूर्वधार मन्त्री, सचिव र सडक विभागका महानिर्देशकको फोटो राखेर विरोध गरेका थिए । पक्राउपछि पनि उनीहरुले प्रहरी परिसरभित्रै नाराजुलुस गरेका छन् । यस अघि सम्बन्धित ठेकेदारको फोटो गाडीमा राखेर विरोध गरेपनि सडक निर्माणमा चासो दिइएको थिएन । बहिरो सरकार, सरकार हाम्रो सडक कहिले बनाउने र जनताको माग कहिले पुरा गर्छस् लगायतका प्रश्न राखेर सार्वजनिक बसमा पोष्टर टाँसेर विरोध भइरहेको छ ।
सडक निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी हैदर–शंकरमाली–सुनौलो खिम्ती जेभीले २०७२ सालमा ठेक्का पाएको हो । ७९ करोडमा निर्माण सम्झौता भएको सडकको सोही वर्षदेखि काम सुरु गरेको थियो ।

Facebook Comments Box