काठमाण्डौ । आज देशको धेरैै स्थानमा पानी पर्ने मौसमविद्ले जनाएको छ । मौसमविद् मिनकुमार अर्यालले दिएको जानकारी अनुसार विहान देखी मनसुन सक्रिय भएकाले देशको धेरै स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने छ ।
आज मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिकै रहेको पनी मौसम विद अर्यालले जनाएको छ । यसले गर्दा अहिले तराईका प्रायः सबैजसो क्षेत्रमा पानी परिरहेको बताए । आज प्रदेश–२, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज विशेषगरी प्रदेश–१, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । मौसमविद्ले अबको दुई÷चार दिन नै देशका धेरै ठाउँमा पानी पर्ने बताएका छन् ।
रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध
रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...