दुर्गम गाउँमा आरोग्य केन्द्र सञ्चालनमा

Written by meropradesh creator

१७ माघ २०७७, शनिबार

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं–८ गागलभदौरेमा नवनिर्मित भवनको उद्घाटन सँगै आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ ।
ग्रामिण भेगका नागरिकहरुलाई गाउँमै स्वास्थ्य सेवा पुर्याउने उद्धेश्य अनुरुप बागमती प्रदेश सरकारले खाँडादेवीको गागलभदौरेमा आरोग्य केन्द्र संचालनमा ल्याएको  हो । उक्त नवनिर्मित भवनको शुक्रवार बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुगेलले एक समारोहका बिच उद्घाटन गरेका हुन् ।
भवन उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री ढुगेलले सरकारले योगर आयुर्वेद सेवालाई गाउँगाउँमा पुर्याउने र नागरिकलाई निरोगी बनाउने अभियान अनुरुप यो आरोग्य केन्द्रलाई विस्तार गरिएको जानकारी दिए । उनले भने– प्रदेश सरकारले सारेको यो अभियान अन्य ग्रामिण भेगमा पनि थप विस्तार गर्दै लैजाने योजना अघि सारेको छ ।
नागरिकको स्वास्थ्यमा चाँसो देखाएर प्रदेश सरकारले ग्रामिण भेगमा रहेको यो गाउँमा आयुर्वेद सेवा कार्यालय संञ्चालन गर्नु धेरै खुशीको बिषय भएको भन्दै यसलाई थप व्यवस्थीत बनाएर लैजानु पर्ने जिल्ला समन्वय समितिका प्रमुख प्रेमवहादुर खड्काले बताए । यसअघि जिल्ला सदरमुकाम मन्थली र चिसापानीवाट मात्रै सञ्चालन हुँदै आएको आयुर्वेद स्वास्थ्य सेवा अब दुर्गम गाउँवाट शुरु हुँदा आफुलाई खुशी लागेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका डा.नरेन्द्र प्रसाद गिरीले जानकारी दिए ।
भवन उद्घाटन कार्यक्रममा भवन निमार्णको लागि निःशुल्क रुपमा एक रोपनी जग्गा दान दिने स्थानिय उदयबहादुर भण्डारीलाई सम्मान समेत गरिएको थियो ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...