दुध बिक्रि नभएपछी किसानहरु मारमा

रामेछाप । रामेछापमा दोश्रो लहरको कोरोना भाइरसको सक्रमंणका कारण जिल्लामा लकडाउन भए संगै दुध बिक्रि नभएपछी किसानहरु मारमा परेका छन् । विश्वभर माहामारीको रुपमा फैलिएको दोश्रो लहरको कोरोना भाइरस संक्रमणका डरले दुध डेरीमा उपभोक्ताहरु दुध किन्न आउँन छाडेपछि दुुध डेरीले किसानहरुसँग दुध खरिद गर्न छाडेका छन् । दुधडेरीले दुध किन्न छाडेपछि किसानहरु मारमा परेका हुन् ।
जिल्लामा दर्ता भएका विभिन्न गाई तथा भैसी फार्महरुले उत्पादन गरेको गाई तथा भैसीको दुध विक्री नभएपछि किसानहरु समस्यामा परेका हुन् । जिल्लामा २ वटा दुध डेरी भएता पनि ती डेरीहरुले किसानले उत्पादन गरेको दुध नलिईदिएपछि किसानहरु थप समस्यामा परेका हुन् । वजारमा भैसीको दुध प्रति लिटर ८० रुपैयाँ र गाईको दुध ७० रुपैयाँमा विक्रीवितरण हुँदै आएको छ । स्थानिय प्रशासनले कोरोनाका कारण पुरै जिल्ला लकडाउन गरेपछि होटल तथा पसलहरु बन्द भएपछि वजारमा दुध विक्री हुन छाडेको हो ।
कोरोनाका कारण दुध विक्री नभएपछि किसानहरुले गाउँघरमा छरछिमेकमा त्यतीकै दुध बाडने गरेका छन् । दुध धेरै उत्पादन हुने किसानहरुले भने गाई, भैसीको दुधवाट खुवा, पनिर वनाउने गरेको भएता पनि उत्पादन गरेको वस्तु समेत विक्री नभएपछि झनै समस्या परेको मन्थली दुध सहकारी संस्थाका अध्यक्ष डुकुना पोखरेलले बताइन । उनले भनिन यती बेला किसानहरुलाई दुध बिक्रि नभएको समस्या त छदै छ अर्को तिर गाइ भैसी कसरी बचाउने भन्ने समस्या भएको छ । गाइ भैसीलाई आवश्यक पर्ने दाना र घाँस किन्न सकेका छैनौ समस्या छ । जम्मा गरेर राखेको दाना घाँस पनी सकिएको छ ।
जिल्लामा यतिबेला २१ सय लिटर भन्दा बढी दुध उत्पादन हुन्छ । उत्पादन भएको दुध मध्य बजारमा भण्डै १२ सय लिटर मात्र दुध खपत भएको र अरु दुध खेर गएको चिरञ्जीबी डेरीका सञ्चालक भानु भक्त श्रेष्ठ बताउछन । उनले भने दिनमा जम्मा हामीलाई २ घण्टा मात्र डेरी खोल्न दिन्छ प्रशासनले डेरी खोल्न दिएको २ घण्टामा किसानले ल्याएको दुध भर्न समेत भ्याउदैनउ बिक्रि गर्ने कहीले । अन्य वस्तु जसरी खरीद गरेर घर लगेर पछी प्रयोग गर्न पनी नसकिने हुदा दुध बिक्रि हुदैन उनले भने । खुध बिक्रि नभएपछी हामीले पनी किसानले उत्पादन गरेको सबै दुध लिन गर्न सकेका छैनौं डेरी सञ्चालक श्रेष्ठले भने । किसानले उत्पादन गरेको बिहानको दुध मात्र लिने गरेका छौ श्रेष्ठले भने । डेरी सञ्चालक श्रेष्ठले भने औषधी पसलहरु जसरी सञ्चालन गर्न दिएको छ त्यसै गरी डेरीहरु पनी सञ्चालन गर्नदिए देखी जिल्लामा उत्पादन गरेको दुध सबै बिक्रिगर्न सकिने भन्दै डेरीहरु खोल्न दिनु पर्ने बताए । किसानहरुले सदरमुकाम मन्थली आसपासमा मात्रै २ दर्जन भन्दा बढी गाई र्फामहरु हाल संञ्चालनमा रहेका छन् ।