रामेछाप । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वीनवलपरासीको दुम्कौलीमा एक आपसमा दुईवटा ट्रकहरु जुध्दा दुबै जना चालकको ज्यान गएको छ, भने सो दुर्घटनामा परि दुईजना सहचालकहरु घाइते भएका छन् ।
ना ६ ख ३०११ र ना ७ ख ७०२३ नम्वरको दुईवटा ट्रक गएराती १२ बजेको समयमा एकआपसमा ठोक्कीएका थिए । सो दुर्घटनामा परि ना ६ ख ३०११ नम्बरका ट्रक चालक पोखरा नगरपालिका वडा नं.१५ वस्ने ५१ वर्षिय खिमबहादुर विक र ना ७ ख ७०२३ नम्वरका ट्रक चालक मकवानपुरगढी गाउँपालिकाका ३५ वर्षिय राजकुमार न्यौपानेको मृत्यु भएको छ । उनीहरु दुवैजनाको घटनास्थलवाट उद्धार गरि जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा आज विहान मृत्यु भएको इलाका प्रहरी कार्यालय रजहरले जनाएकोछ ।
सो ट्रक दुर्घटनामा परि घाइते हुने सहचालकहरुमा तनहुँको वन्दीपुर बस्ने वर्ष १८ का विश्वास शाही र दाङको बबई–६ घर भएका घनश्याम खड्का रहेका छन् । घाइते दुवैको अवस्था गम्भिर रहेको र उनीहरुको उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा पठाइएको रजहर प्रहरीले जनाएको छ ।
रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध
रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...