दाहालको नेतृत्वमा मन्त्रिपरिषद् गठन, तीन जना उपप्रधानमन्त्री

Written by meropradesh creator

११ पुष २०७९, सोमबार

रामेछाप । नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डको नेतृत्वमा मन्त्रीपरिषद गठन भएको छ । दाहालको नेतृत्वमा तीन उपप्रधानमन्त्री सहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेको छ । मन्त्रिपरिषदमा प्रधानमन्त्री प्रचण्डले ३ जनालाई उपप्रधानमन्त्री बनाएका छन् । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री बनेका छन् ।

सोमबार राष्ट्रपति भवन शितल निवासमा सोमबार आयोजित कार्यक्रममा विष्णु पौडेलले अर्थमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ र गृहमन्त्रीमा रवि लामिछानेले पद तथा गोपनियताको शपथ लिएका छन् ।

अर्थमन्त्री पौडेलले यसअघि पनि अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका नेता श्रेष्ठले यसअघि पनि परराष्ट्रमन्त्री र गृह मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । त्यस्तै गरी मन्त्रीहरू ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र अब्दुल खान पनि मन्त्रिपरिषदमा सहभागी भएका छन् ।

खान सिके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष हुन् भने अन्य तीन मन्त्रीहरू नेकपा एमालेका हुन् । उनीहरूको जिम्मेवारी पछि तोकिने भएको छ । आइतबार मात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाललाई राष्ट्रपति भण्डारीले नेपालको ४४ औं प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन ्।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

डेंगुको सङ्क्रमण बढ्दो – रामेछापमा ६ जनामा डेंगु सङ्क्रमण फेला

डेंगुको सङ्क्रमण बढ्दो – रामेछापमा ६ जनामा डेंगु सङ्क्रमण फेला

रामेछाप । रामेछाप जिल्लामा पनि डेंगु सङ्क्रमणको बिरामी फेला परेको छ । देश भरी डेंगु सङ्क्रमणको समस्या भई रहेको अवस्थामा रामेछापमा पनि डेंगु सङ्क्रमितका बिरामी ६ जना फेला परेको हो । बागमती प्रदेश सरकारले गत साउन १ गतेदेखि गरेको परीक्षणमा रामेछापमा ६ जनामा डेंगु...

दुबइमा शिशुको जन्म पछि फरार रहेकी पहरीलाई सम्पर्कमा आउन दूतावासको आग्रह

दुबइमा शिशुको जन्म पछि फरार रहेकी पहरीलाई सम्पर्कमा आउन दूतावासको आग्रह

काठमाण्डौं । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा शिशुको जन्मपछि फरार रहेकी ललितपुरकी २८ वर्षीय रेणुका पहरीलाई सम्पर्कमा आउन नेपाली दूतावास आबुधावीले आग्रह गरेको छ । युएईको लतिफा हस्पिटल दुबईमा गएको अगस्त १६ मा अस्पतालको इमरजेन्सी कक्षमा भर्ना भएकी पहरीले जन्म दिएको...

अमरध्वज लामा रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त

अमरध्वज लामा रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त

काठमाडौं । रेडियो नेपालको कार्यकारी निर्देशकमा मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले अमरध्वज लामा नियुक्त भएका छन् । सञ्चार मन्त्रालयको प्रस्तावमा लामालाई मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले रेडियो प्रसार विकास समितिको कार्यकारी निर्देशक नियुक्त गरेको हो ।मन्त्रालयका...