दक्षिण एशियाकै नेपाल दोश्रो शान्त मुलुक पर्न सफल

काठमाण्डौं । दक्षिण एसियाका सात मुलुकहरुमध्ये नेपाल दोश्रो शान्त मुलुक पर्न सफल भएको एक अध्ययनले देखाएको छ ।
ग्लोवल पिस इन्डेक्सले गरेको एक अध्ययन अनुसार दक्षिण एसियामा सात मुलुकहरु मध्ये नेपाल दोश्रो शान्त मुलुकमा परेको जनाएको छ । ग्लोवल पिस इन्डेक्सले गरेको अध्ययनमा माल्दिभ्सको बिषयमा भने केही उल्लेख गरिएको छैन् । उक्त संस्थाको अध्ययनले २०२० मा पहिलो शान्त मुलुक भुटानलाई देखाएको छ भने दोश्रो शान्त मुलुकमा नेपाललाई देखाएको छ । धेरै अशान्त मुलुकमा अफगानिस्तानलाई देखाएको छ ।
ग्लोवल पिस इन्डेक्सले गरेको अध्ययनमा विश्वव्यापी श्रेणीमा भुटान १९ औं स्गानमा छ भने नेपाल ७३ औं स्थानमा छ । सन् २०१९ मा नेपाल ७६ औं स्थानमा परेको थियो । उक्त संस्थाले गरेको अध्ययनमा दक्षिण एसियाका अन्य मुलुकहरुमा भारत १ सय ३९ औं, पाकिस्तान १ सय ५२ औ, बंगालादेश ९७ औं, श्रीलंका ७७ औ र अफगानिस्तान १ सय ६३ औं स्थानमा पर्न सफल भएको छ ।
सन् २०२० मा दक्षिण एसियामा शान्तिको वातावरणमा केही खल्वलिएको निष्कर्ष सो संस्थाले गरेको अध्ययनले देखाएको छ ।