थाहै नपाई करोडौंको ठगी मुद्धामा जेल

जीतपुर । एक सय पैत्तालीस जना किसानहरु थाहौ नपाई करोडौं ठगी मुद्धामा जेल परेका छन् । बारा जिल्लकोे जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.९ का १ सय ४५ जना किसान थाहै नपाई करोडौंको ठगी मुद्धामा परेका हुन
किसानहरुले थाहै नपाई गिरोहको फन्दामा आफुहरु परेको बताएका छन् । उनीहरु मध्य कसैले अदालतमा मुद्धा खेपिरहेका छन् भने कोही जेल सजाय काटिरहेका छन् ।
गिरोहले उनीहरुलाई काठमाडौं घुमाउने र पैसा पनि कमाई हुने भन्दै पंकजा टेडर्स प्रालिको नाममा करौंडौ रुपंैया ठगीमा फसाएको पीडितहरु सरोजकुमार मिश्र र कुमार चौधरीको दावी छ ।
गिरोहले आफुहरुलाई प्रलोभनमा पारी नागरिकता दुरुपयोग गरी आफुहरुकोे नाममा थाहै नदिई कम्पनी खोलेर करौंडौंको लगानीमा कर छली गरेर फसाएको सरोजकुमार मिश्रले बताए । आफुहरुलाई राजस्व कार्यालय,काठमाडौंबाट कर छलीको चिठ्ठी घरघरमा आइपुगे पछीमात्र आफू फसेको थाहा पाएको उनीहरुको गुनासो रहेको छ ।
तर ठगी धन्दा चलाउनेहरु निस्फिक्रि हिडिंरहेका छन् । करोडौंको राजस्व हिनामिना गरेको ठहर गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको घटनाले स्थानीयसँगै जनप्रतिनिधि पनि चिन्तित छन् । सोझा स्थानीयलाई प्रलोभन देखाएर ठगी भएको सिमरा उपमहानगरपालिका–९का वडाध्यक्ष प्रभुनाथ प्रसाद चौधरीको भनाई छ ।
यो त प्रतिनिधि घटना मात्रै हो । यस्ता धेरै गिरोहले सोझा गरिब किसानलाई कतिपय अवस्थामा राजनैतिक पहुँच र पावर देखाएर समेत ठगी गर्दै आईरहेका छन् । यसतर्फ संबन्धित निकाय गम्भिर हुन आवश्यक छ ।
समाचार माउण्टेन टिभि

Facebook Comments Box