तोरी उत्पादन घट्यो

Written by meropradesh creator

२९ माघ २०७७, बिहीबार

रामेछाप । रामेछापमा बिगतको वर्षमा भन्दा यसवर्ष हिउँदमा लगाइने तोरी उत्पादनमा गिरावट आएको छ ।
रामेछापमा हिउँदको समयमा बर्षाद नभएपछि तोरी उत्पादनमा गिरावट आएको हो । जिल्लाको रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्वा गाउँपालिका, लिखुतामाकोशी गाउँपालिका, मन्थली नगरपालिका, खाँडादेवी गाउँपालिकामा किसानहरुले बिशेषगरी तोरी खेती गर्दै आएका छन् । किसानले वारी तथा खेतमा लगाएको तोरीबाट तेल पेलेर घरमा उपभोग गर्दै आएको भएता पनि यसवर्ष भने उत्पादनमा गिरावट आएँसगै सबै किसानहरु निराश बन्न पुगेको रामेछाप नगरपालिका वडा नं–७ सुकाजोरका किसान रुपा कार्कीले जानकारी दिइन ।


गएको वर्ष हिउँदमा पनि समयमा पानी परेकाले तोरी उत्पादन राम्रो भएको थियो । यसवर्ष हिउँदमा पानी नै परेन । पाखो वारी तथा पाखे खेतमा लगाएको तोरी बालीमा सिंचाई गर्ने पानी नभएकै कारण पानी लगाउन सकिएन् । पानी नभएकै कारण यसवर्षको तोरीको वोटमा दाना नै लागेन । पाखो वारीमा त पानी अभाव भएकै कारण कतिपय किसानहरुको तोरी बारीमा नै सुकेको रामेछाप नगरपालिकाका कृषि प्राविधिक कृष्ण भुजेलले जानकारी दिए ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...