तेह्र जना बिरुद्ध कर्तव्य ज्यान मुुद्धा दर्ता, १२ जना तारेखमा छुटे

Written by meropradesh creator

११ आश्विन २०७९, मंगलवार

रामेछाप । खाँडादेवी गाउँपालिका–३ भिरपानीको सित्खामा माझी समुदायले पितृ खुशी नभएको भन्दै स्थानिय बिबि माझीलाई कर्तव्य गरि ज्यान लिएको घटनामा संम्लग्न १३ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापले कर्तव्य ज्यान मुद्धा दर्ता गरि उनीहरु विरुद्ध थप अनुसन्धान थालेको छ ।

पितृ खुशी नभएको भन्दै आइतवार साँझ भेला भएका माझी समुदायले कुटेर स्थानिय ५५ बर्षिय बिबि माझीको हत्या गरेका थिए । सोही घटनामा मृतक बिबि माझीको आमा ७० बर्षिय सुनमाया माझी घाइते भएकी थिइन । घटनामा संलग्न भएको भन्दै प्रहरीले घटनास्थलवाट आइतवार र सोमवार गरि २३ जनालाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएकाहरु मध्ये १३ जना विरुद्ध मतृकको झड्केलो छोरा (नाता पर्ने) पदमलाल माझीले कर्तव्य ज्यान मुद्धामा जिल्ला प्रहरी कार्यालय रामेछापमा किटानी जाहेरी दिएसँगै उनीहरु बिरुद्ध प्रहरीले आवश्यक म्याद थप गरि अनुसन्धान अघि वढाएको छ । प्रहरीले नियन्त्रणमा लिएका अन्य १२ जनालाई भने सोधपुछको क्रममा उक्त घटनामा संम्लग्न नदेखिएकाले पछि प्रहरीले बोलाएको बखत उपस्थित हुने गरि माथवर व्यक्तिको जिम्मा लगाई आज छोडिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।

उनका अनुसार–किटानी जाहेरी अनुसार खाँडादेवी गाउँपालिका–३ भिरपानी सित्खाका वर्ष ३७ का शिवबहादुर माझी, वर्ष ४० की राधिका माझी, वर्ष १७ की सपना माझी, वर्ष १९ को भरत माझी र वर्ष २० को सुरज माझीलाई कर्तव्य ज्यान मुद्धा अन्तर्गत मुद्धा अघि वढाइएको छ । त्यसैगरी सोही घटनामा संलग्न भएको भन्दै १६वर्षिय सबिना माझी, १९ वर्षिय मनिषा माझी, वर्ष १६को सिरिस भन्ने रामकुमार माझी, वर्ष २६को धन वहादुर माझी र वर्ष १९ को राजेश माझी विरुद्ध कर्तव्य ज्यान मुद्धा चलाइएको प्रहरी नायव उपरीक्षक थिङले बताए ।

प्रहरीको सोधपुछपछि छुटनेहरुः
प्रहरीले घटनामा संलग्न भएको आशंकामा नियन्त्रणमा लिएकाहरु मध्ये १२ जना भने प्रहरीले खोजेको बखत कार्यालयमा उपस्थित हुने गरि छुटेका छन् ।

छुट्नेहरुमा खाँडादेवी–३ भिरपानी सित्खाका वर्ष २२ की सिर्जना माझी, वर्ष २४ को भरत माझी (ठूलो), वर्ष २४ को कुमार माझी, वर्ष २४ को उदय बहादुर माझी, वर्ष २४ को पुसमान माझी, वर्ष ३२ को शुक्र बहादुर माझी र वर्ष १९ को रामहरी माझी रहेका छन् । त्यसैगरी सोही घटनामा छुट्नेहरुमा वर्ष ३० को विज्ञान माझी, वर्ष ५४ को धर्म बहादुर माझी, वर्ष २६को शुक्रे माझी, वर्ष २९ को राजु माझी र वर्ष २० की संगिता माझी रहेका छन् । उनीहरु सबैलाई प्रहरीले बोलाएको बेला जुनसुकै समयमा पनि कार्यालयमा उपस्थित हुनुपर्नेछ ।

घाइते सुनमायाको अवस्थाः
माझी समुदायको कुटाईवाट गम्भिर घाइते भएकी वर्ष ७० की सुनमाया माझीको अवस्था सुधार हुँदै गएको छ । हाल उनको मन्थली अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा आफन्त बिना नै उनी उपचाररत रहेकी छिन् । उनको अस्पतालका कर्मचारीले दैनिक रेखदेख गर्दै आएका छन् । उनको शरिरमा केही चोटपटक लागेको र मानसिक रुपमा विक्षिप्त भएकाले उनलाई केही समय मनोचिकित्सकद्धारा परामर्श दिनुपर्ने देखिएकाले केही दिन अस्पतालमा नै उपचार गराउनुपर्ने मन्थली अस्पतालका डा.केशब धामीले जानकारी दिए ।

उपचार पछि छोरी गुमाएकी एक्ली सुनमायालाई राख्न सेफ हाउसको व्यवस्था मिलाउने गरी काम अघि वढाएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए । उनले भने–उहाँको आफन्त कोही नभएकाले उहाँको रेखदेख गाउँपालिकाले गर्ने गरि व्यवस्थापनमा जुटेको बताए ।

मृतक बिबि माझीको शब पोष्टमार्टमको लागि भक्तपुर पठाइयो
धर्मको नाममा माझी समुदायले बिभत्स तरिकाले हत्या गरिएकी बिबि माझीको शव सुुक्ष्म तरिकाले परीक्षण गर्नुपर्ने भएपछि उक्त शव मन्थली अस्पतालले मगंलवार भक्तपुरमा रहेको मेडिकल शिक्षण अस्पताल दुवाकोट पठाएको छ । घटना गम्भिर प्रकृतीको भएकाले उक्त घटनाको बिषयमा विस्तृत जानकारी शवको रिर्पोट मार्फत आउने भएकाले उक्त शव पोष्र्टमार्टको लागि शिक्षण अस्पताल भक्तपुर पठाइएको प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

३ जना सवारी चालक प्रहरी नियन्त्रणमा

३ जना सवारी चालक प्रहरी नियन्त्रणमा

रामेछाप । लागु पदार्थ सेवन ( ला.प.से.) गरी सवारी चलाउने ३ जना सवारी चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले नियन्त्रणमा लिएको छ ।आइतबार दिउसो मन्थली अस्पतालको समन्वयमा मन्थली नगरपालिका वडा नं.१ भैशेश्वरमा गरिएको लागु पदार्थ सेवन सम्पन्धी चेक जाँचको क्रममा तिन...

गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन बन्दैं

गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन बन्दैं

रामेछाप । रामेछापको पुरानो सदरमुकाम रामेछापमा रहेको गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन निर्माण हुने भएको छ । आफ्नो भवन हुदाँ हुदै पठन पाठनमा समस्यामा व्यहोर्दै आएको क्याम्पसले अब भने सुविद्या सम्पन्न भवन पाउँने भएको छ । भवन निर्माणको लागि विश्व विद्यालय अनुदान...

मन्थली नगरपालिकाको सहयोगमा कपडा डिजाइन सम्बन्धि तालिम शुरु

मन्थली नगरपालिकाको सहयोगमा कपडा डिजाइन सम्बन्धि तालिम शुरु

रामेछाप । मन्थली नगरपालिकाको सहयोगमा जिल्ला सदरमुकाम मन्थलीमा १५ दिने एडभान्स लेडिज फेसन डिजाइन कटिङ तथा सिलाई तालिम सुरु भएको छ । नगरपालिकाको सहयोगमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रामेछापको आयोजनामा जिल्ला भित्र व्यवसायी रूपमा काम गर्दै आएका २० जना महिलाहरूको...