रामेछाप । कोरोना संक्रमणको जोखिम बढे संगै बन्द भएको रामेछापको तामाकोसी अस्पताल आइतबार दिउँसोबाट पुन ः संचालनमा आएको छ । अस्पतालमा उपचाररत बिरामीहरु मध्ये ८ जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएसंगै विहिबार रातिबाट बन्द भएको अस्पताल आइतबारबाट पूर्ववत अबस्थामा संचालनमा आएको अस्पताल संचालक समितिका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले बताउनु भयो ।
तामाकोसी अस्पतालमा भर्ना भएर उपचार गराइरहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको स्वाब परिक्षणका लागि पठाइएकाले त्यसको रिर्पोट नआएसम्मका लागि अस्पताल बन्द गरिएको थियो । अस्पतालका सवै स्वास्थ्यकर्मी तथा कर्मचारीको स्वाबको रिर्पोट आइसकेकाले आइतबारबाट पूर्ववत अबस्थामा सवै कामहरु शुरु गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु मध्ये ९ जनामा कोरोना संक्रमण भए पनि बाँकि स्वास्थ्यकर्मीहरुबाट सेवा उपलब्ध गराइने अस्पताल प्रशासनले जनाएको छ ।
रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध
रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...