तत्कालाई तामाकोशी नदीको जोखिम टर्यो–दोलखा प्रशासन

रामेछाप । तत्कालको लागी तामाकोशी नदिको नदि आसपास हुन सक्ने भनिएको जोखीम अन्त्य भएको जिल्ला प्रशासन कार्यालय दोलखाले बताएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले एक सुचना जारी गर्दै तत्कालको लागी तामाकोशी नदि आसपासको तटिय क्षत्रमा हुनसक्ने जोखिम नभएको बताएको छ । चीनतर्फ थुनिएको भनिएको तामाकोशी नदीको पानी हटाउने कार्या चीनियाँ पक्षले गरेको भन्दै जमेको पानी फूटेर आउने भिषणबाडीको जोखिम तत्कालको लागि टर्दै गएको बताएको छ ।


गत शुक्रबार राति ९ ः ५५ मा एक सूचना जारी गर्दै दोलखा प्रशासनले नेपाल–चीन सिमाना क्षेत्रमा रहेको टिङ्ग्रीक काउट्री रोङ्क्षया शहर र सो आपारमा भएको भारी बर्षाको कारण आएको बाढीको कारण नेपाल तिर बग्ने नदीको पानी रोकिएको थियो । सो पानी चीनियाँ पक्षले शनिबार अपरान्ह् देखि आंशिक रुपमा आटाएकाले नदीमा एक्कासी ठूलो बाढी आउने सम्भावना टर्दै गएको जनाएको छ । शनिबार राति दोलखा प्रशासनले जारी गरेको सूचनामा नदी थुनिएर करिव १ लाख घनमिटर बराबरको पोखरी बनेको चीनियाँ पक्षले पठाएको पत्रमा उल्लेख गरिएको दाबी गरिएको छ ।’

उक्त पानीलाई क्रमिक रुपमा चीनियाँ अधिकारीहरुले थुनिएको भाग काट्दै प्रवाह गर्ने काम भैरहेकाले तत्कालको लागि उच्च जोखिम टर्दै गएको जनाएको छ । तर सावधानी अपनाउन भने प्रशासनले आग्रह गरेको छ ।
नेपाल तर्फ बग्ने सो नदी दोलखा र रामेछाप जिल्लामा तामाकोशी नदी बनेर बग्ने गर्दछ । सो नदी आसपास सयौं बस्तीका बासिन्दा नदी थुनिएको खबर आएलगत्तै त्रासामा रहेका छन् ।

Facebook Comments Box