ढुङ्गाले टाउकामा लाग्दा बालिकाको मृत्यु

Written by meropradesh creator

१९ फाल्गुन २०७७, बुधबार

डोटी । भिरमाथीबाट झरेको ढुङ्गा टाउकामा लागेर सायल गाउँपालिका वडा नं–१ छपाली पुजारागाउँकी ११ बर्षिय बालिका समीक्षा पुजाराको घटनास्थलमा नै ज्यान गएको छ ।
जङ्गलमा बाख्रा चराएर घर घर तर्फ आउने क्रममा जङ्गलको भिरवाट अकस्मात झरेको ढुङ्गाले बालिका पुजाराको टाउकामो लाग्दा उनको ज्यान गएको हो । मृतक बालिका पुजाराको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।
उनका अनुसार विद्यालयबाट पढाई सकेर घर आएकी पुजाराले खाजा खाएर दुई जना साथिसँग जङ्गलमा बाख्रा लिन गएकी थिइन । बाख्रा लिएर घर फर्कने क्रममा भिरवाट झरेको ढुङ्गाले लाग्दा उनको घटनास्थलमा नै ज्यान गएको थियो, भने अन्य दुईजना साथीहरु भागेर बाच्न सफल भएका थिए ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...