डा.कर्माचार्य सम्मानित

रामेछाप । ग्रामिण स्वास्थ्य सेवामा रहेर बिगत तीन दशक भन्दा बढि नागरिकहरुलाई स्वास्थ्य सेवा पुर्याएका तामाकोशी अस्पतालमा कार्यरत डा.सुमन कर्माचार्य सम्मानित भएका छन् ।
उनले बिगत लामो समयदेखी सदरमुकाम मन्थलीमा रहेको तामाकोशी अस्पतालमा चिकित्सा क्षेत्रमा रहेर जनसेवकको रुपमा काम गर्दै ग्रामिण स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै बिहिवार पोखरा विश्वविद्यालयबाट सम्वन्धन प्राप्त नेशनल ओपन कलेज सानेपाले दुई दशकमा प्रदान गर्ने दशक सम्मानबाट डा.कर्माचार्यलाई सम्मानित गरेको हो ।
सन् २०२० मा स्थापना भएको नेशनल ओपलन कलेजले चिकित्सा क्षेत्रमा रहेर दुई दशकसम्म काम गर्दै आएका चिकित्सकलाई सम्मान गर्दै आएको छ । उक्त संस्थाले आफ्नो २१ औं बार्षिकोत्सवको अवसर पारेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलेडा. कर्माचार्यलाई सम्मान गरेका हुन् ।
ग्रामिण क्षेत्रमा रहेर काम गर्दैै आएका डा.सुमन कर्माचार्यले आफु सम्मानित हुँदा निकै खुशी लागेको बताए । उनले भने– मलाई यो सम्मानले जनासेवामा नजिक हुने थप जिम्मेवारी थपिएको छ ।