डाक्डर दंङगाललाई अन्तराष्ट्रिय अवार्ड

रामेछाप । दोलखाको सदरमुकाम चरिकोटका डाक्टर विनोद दंगालले स्वास्थ्य सेवामा अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेका छन् । डाक्टर दंङगाल चरिकोट अस्पतालका प्रमुख हुन् । चरिकोट अस्पतालका डाक्टर दंगालले लामो समयदेखि चरिकोट अस्पतालमा गुणस्तरीय र विश्वासिलो सेवा प्रदान गरि गर्दै आएका छन् । कोरोना भाईरस (कोभिड १९) को समयमा विशेष योगदान पु¥याएको भन्दै एसिया अवार्डस संस्थाले स्वास्थ्य सेवा र सामाजिक सेवातर्फको अन्तराष्ट्रिय अर्वाडका लागि चरिकोट अस्पतालका प्रमुख एंव एमडिजिपि डाक्टर दङगाललाई छनोट गरेको हो ।
उक्त अवार्ड प्राप्त गर्नका लागि विभिन्न देशहरुबाट सहभागी भएका थिए । डाक्टर दंगालले प्राप्त गर्नुभएको अवार्ड आउँदो अक्टोबर २४ का दिन भारतमा एक कार्यक्रमका बिच प्रदान गरिने बताइएको छ ।