ट्रक दुर्घटनामा परि चालक घाइते

रामेछाप । सदरमुकाम मन्थलीवाट मन्थली नगरपालिका वडा नं–१० चनखु तर्फ निमार्ण सामाग्री लिएर जाँदै गरेको बा ४ ख ५७०० नम्वरको मालबाहक ट्रक दुर्घटनामा परि ट्रकका चालक सामान्य घाइते भएका छन् ।
सदरमुकाम मन्थलीवाट चनखुको सरस्वती माध्यमिक विद्यालयको लागि निमार्ण सामाग्री लिएर जाँदै गरेको उक्त ट्रक चनखुकै महादेवटारमा दुर्घटना भएको हो । कच्ची र साँघुरो सडकको मोडमा उक्त ट्रकको ब्रेक फेल भई सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
Facebook Comments Box