रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ४ हिमगंगाको पाम्तीमा मगंलवार दिउँसो ना ६त ८६३६ नम्वरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सबार एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
ट्याक्टर दुर्घटनामा परि लिखुु तामाकोशी गाउँपालिका वडा नं १ दुरागाउँका लालसिंह सुनुवार रहेका छन् । हिमगंगाको पाम्तीबाट सिमेन्ट लिएर सोही गाउँको सिकलीतर्फ जाँदै गरेको उक्त ट्याक्टर अनियन्त्रीत भई सडकवाट करिव एकसय मिटर तल भिरमा खसेको थियो । ट्याक्टरमा सबार अन्य दुईजना सामान्य घाइते भएका छन् । घाइते दुवैको जिल्ला अस्पताल रामेछापमा सामान्य उपचारपछि घर फर्किएका छन् ।
घटनापछि रामेछाप नगरपालिका वडा नं ४ हिमगंगाका ट्याक्टर चालक दलबहादुर मगरलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।