टिफर चालकको पैसा चोर्ने दुई बालक पक्राउ

Written by meropradesh creator

९ भाद्र २०७८, बुधबार

रामेछाप । गुड्दै गरेको ग १ क ४३७९ नम्वरको टिफर अकस्मात बिग्रीएर गोकुलगंगा गाउँपालिका वडा नं २ ठोसेको देउराली डाँडामा राखेर चालक खाना गएको मौका छोपी गाडीभित्र रहेको झोलावाट ५६ हजार रुपैयाँ चोरेर भाग्दै गरेका दुई बालकलाई प्रहरीले पक्राउ गरेको छ ।

अर्घाखाची जिल्ला शितलगंगा गाउँपालिका वडा नं ९ घर भएका गाडी चालक कुलवहादुर सारुले चलाई ल्याएको टिफर बिच सडकमा विग्रीएपछि ढोका लक गरेर चालक नजिकैको देउराली वजारमा खाना खान गएका थिए । चालक नभएको मौका छोपी स्थानिय १५ र १७ वर्षका दुई बालकले टिफरको ढोका फोडी गाडीभित्र छिरेर चालकको ब्यागमा रहेको ५६ हजार नगद र आवश्यक कागजात चोरी गरि गोकुलगंगाकै शिवालय तर्फ आउँदै गरेका बालकलाई प्रहरीले शिवालयवाट पक्राउ गरेको हो ।

झोला र रकम चोरी गरी को २ त २६७२ नम्वरको ट्याक्टरमा चढेर दुई बालक ठोसेको शिवालयतर्फ आउने क्रममा शिवालयमा प्रहरीले चेकजाँच गर्नेक्रममा फेला पारेको थियो । प्रहरीले वालकको साथवाट ११ हजार नगद र कुलवहादुर सारुको परिचयपत्र भएको झोला फेला पारेको थियो । पक्राउ परेका दुई युवकको नाममा चालकले दिएको किटानी जाहेरीको आधारमा उनीहरुलाई चोरी मुद्धामा मुद्धा दर्ता गरि रामेछाप जिल्ला अदालतवाट ५ दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

राती घर चोर्ने युवक कार्की पक्राउ
रामेछाप । यहीँ भदौ ५ गते गोकुलगंगा गाउँपालिका वडा नं ४ बेतालीका रुद्रवहादुर खड्काको घर चोरी गर्ने स्थानिय रमेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

घरमा कोही नभएको मौका छोपी खड्काको घरको ढोका फोडी घरभित्र पसेर सिरानमुनी राखेको नगद २५ हजार, क्यामरा र रेडियो समेत चोरी गरेर फरार रहेका स्थानिय वर्ष ३० का रमेश कार्कीलाई प्रहरीले बेताली वजारवाट पक्राउ गरेको हो । पक्राउ परेका कार्कीलाई चोरी मुद्धामा रामेछाप जिल्ला अदालतवात ५ दिनको म्याद थप गरि प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...