टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्द,

Written by meropradesh creator

६ फाल्गुन २०७७, बिहीबार

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा दिइरहेको अवस्थामा टिकटक भिडियो बनाई सामाजिक सञ्जालमा राख्ने एक विद्यार्थीको परीक्षा रद्द गरेको छ । कक्षा १२ को परीक्षा दिइरहेको अवस्थामा टिकटक भिडियो बनाई सामाजिक सञ्जालमा राखेको भन्दै दैलेखको कालिका माध्यमिक विद्यालय सिंहासैनमा अध्ययनरत विद्यार्थी रोशन कुमार शाहीको परिक्षा रद्द गरेको हो । शाहीले परीक्षाको मर्यादा विपरित परीक्षा सञ्चालन भइरहेको अवस्थामा टिकटक भिडियो बनाई सामाजिक सञ्जालमा राखेको भेटिएकोले उनको सम्पूर्ण विषयको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

त्यस्तै गरी परिक्षामा निरीक्षकका रूपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्राध्यक्ष चक्रबहादुर शाहीलाई तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारबाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको छ । गत मङ्सिरमा भएको परीक्षामा उनले परीक्षा दिएकै बेला टिकटक बनाएका थिए । उनको टिकटक भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि राष्ट्रिय परीक्षा बोर्डप्रति विभिन्न टीकाटिप्पणी आएको थियो ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...