जेसिज रामेछाप द्धारा रक्तदान

जेसिज रामेछाप द्धारा रामेछापको सदरमुकाम मन्थलीमा “मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो,रक्तदान जीवनदान” भन्ने मूल नाराका साथे,रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रामेछाप जेसिजले शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेको जेसिज वर्ष–२०२१ का अध्यक्ष जिवन कार्कीले बताएका छन् । विगत देखिनै सामाजिक सेवामा समर्पित जेसिजले रगतको अभावमा मृत्युसँग जुधिरहेका विरामीहरूलाई सहयोग गरी नयाँ जीवन दिने उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरीएको जेसिज वर्ष–२०२१ का अध्यक्ष जिवन कार्कीले बताए ।
जम्मा भएको २० पौण्ड रगत नेपाल रेडक्रस सोसाइटि रामेछापलाई हस्तान्तरण गरिएको अध्यक्ष कार्कीले बताए । रक्तदान कार्यक्रमका लागि नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा रामेछापले प्राविधिक सहयोग गरेको थियो ।