जिपको ठक्करबाट किशोरीको मृत्यु

रामेछाप । ललितपुरको नख्खुदोबाटोमा सडक पार गर्दै गरेकी एक किशोरीको जिपको ठक्करबाट मृत्यु भएको छ ।
जिपको ठक्करवाट मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भई आल ललितपुरको बागडोल बस्दै आएकी १९ वर्षिय अन्जु दाहाल रहेकी छिन् । आज विहान ५ वजेको समयमा बाटो पार गर्दै गर्दा ती किशोरीलाई स १ ज ५६७ नम्वरको बोलेरो जिपले ठक्कर दिएको थियो ।
सडक पार गर्दै गरेको बेला उनलाई जिपले ठक्कर दिएको थियो । जिपले ठक्कर दिएर घाइते भएकी दाहालको घटनास्थलवाट उद्धार गरि उपचारको लागि अस्पताल लगिएको थियो । घाइते दाहालको उपचारको क्रममा आज बिहान अस्पतालमा नै मृत्यु भएको हो । घटनामा संलग्न जिप सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ललितपुर प्रहरीले जनाएको छ ।
Facebook Comments Box