जाडोयाम आजबाट बिदा हुँदै, यसबर्ष गर्मी बढी हुने

रामेछाप । यसपालिकाको जाडोयाम आजबाट बिदा हुँदैछ । जाडोयाम डिसेम्बर, जनवरी र फेव्रुअरी गरी तीन महिनालाई मानिन्छ । जाडो सकिएपछि यसवर्ष गर्मी विगत वर्षको भन्दा बढी हुने मौसमबिद्हरुले जनाएका छन् ।
यसपालिकाको जाडोयाममा पानी निकै कम पर्यो भने बिगतको तुलनामा जाडो महिनामा पनि निकै कम जाडो भएको छ । जाडोयाममा पश्चिमी वायुको प्रभाबले ल्याएको प्रणालीले वर्षा हुने गरेपछि यसपटक पानी पार्ने प्रणाली भित्रिन नसक्दा पानी पर्न नसकेको मौसमबिद्हरुको भनाई रहेको छ । पश्चिमी वायु नेपालमा पाँच–छ पटकसम्म प्रवेश गरेपछि पानी पार्ने शक्तिशाली प्रणाली भित्रिन नसक्दा बिगतको भन्दा यसवर्ष वर्षा निकै कम भएको हो ।
यसवर्ष पश्चिमी वायुको प्रभावका कारण पश्चिमी र सुदूरपश्चिमी क्षेत्रका केही ठाउँमा दुई÷तीन पटकसम्म पानी परेको थियो । त्यसवाहेक अन्य क्षेत्रमा खासै पानी पर्न सकेन । रामेछापमा हिउँदको समयमा जम्माजम्मी एकपटक मात्रै पानी छिटफुट मात्रामा परेको थियो । यसपटक वर्षा त समयमा भएन नै । हिमालीमा भेगमा समेत समय हिउँ समेत पर्न सकेन । वर्षा र हिमपात नहुँदा यसपाली देशका रामेछापका अलाबा देशका धेरै ठाउँहरुमा सुख्खापन र प्रदुषण बढेको छ ।
धेरै मात्रामा सुख्खापनकै कारण रामेछाप लगाएत अन्य क्षेत्रमा हिउँदको समयमा धेरै आगलागीका घटनाहरु बढेको तथ्याङ्क छ । पानी नपर्दा प्रदूषण पनि निकै बढेको थियो । जाडोयाम सकिएसँगै अब बिस्तारै प्रि–मनसुनका गतिविधि शुरु हुन लागेको मौसमविद्ले बताएका छन् । बिहान–बेलुकाको समयमा केही चिसो भएता पनि अब विस्तारै गर्मी लाग्ने मौसमबिद्ले बताएका छन् ।
अब बेलुकाको समयमा हावाहुरी चल्ने र मेघगर्जन हुने बरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनले भने– अबको समय भनेको बढी मात्रामा हावाहुरी हुने हुँदा यसबाट हुने क्षतीवाट वच्न समयमा नै पूर्व सचेतना अपनाउन आवश्यक हुने बताए ।