जर्बजस्ती करणी उद्योगमा वडा अध्यक्ष बोहोरा पक्राउ

रामेछाप । युवतीलाई जर्बजस्ती करणी गरेको उजुरीको आधारमा मन्थली नगरपालिका वडा नं–१० चनखुका वडा अध्यक्ष भरत बोहोरा पक्राउ परेका छन् ।
अध्यक्ष बोहोराले भक्तपुरको ठिमीमा एक युवतीलाई ललाई फकाई गरि जर्बजस्ती करणी गरेको अभियोगमा उनलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको हो । पिडीत युवतीले आफुलाई वडा अध्यक्ष बोहोराले जर्वजस्ती करणी गरेको भन्दै उनको विरुद्धमा महानगरिय प्रहरी बृत्त ठिमीमा किटानी जाहेरी दिएकी थिइन ।
युवतीको किटानी जाहेरीपछि महानगरिय प्रहरी बृत्त ठिमीले वडा अध्यक्ष बोहोरालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय रामेछापलाई परिपत्र गरेको थियो । प्रहरी बृत्त ठिमीको पत्र रामेछाप प्रहरीले पाएपछि अध्यक्ष बोहोरालाई शुक्रवार साँझ पक्राउ गरि हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए ।
उनले भने– प्रहरी बृत्त ठिमीको पत्र अनुसार पक्राउ परेका वडा अध्यक्ष बोहोरालाई शनिवार भक्तपुरमा रहेको महानगरिय प्रहरी बृत्तमा पठाउन लागिएको हो । जर्वजस्ती करणीको घटना भक्तपुरमा नै भएको हुँदा मुद्धा उतै कार्यालयवाट चल्ने भएकाले जिल्लामा पक्राउ गरेर पठाउन लागिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।